Comments Add Comment

प्रबुद्ध समूहको सुविधासम्बन्धी प्रस्ताव रोकियो

Nepal-India
१२ कात्तिक, काठमाडौं । नेपाल भारत द्विपक्षीय सम्बन्धका विविध आयामको समीक्षा तथा सम्बन्धलाई सम्मानित बनाउन गठित प्रबुद्ध समूहको नेपाली पक्ष र सरकारबीच असमझदारी बढ्दै जाँदा समूहको उदेश्य हासिल हुनेमा आशंका बढेको छ ।

नेपाली प्रबुद्ध समूहले गरिरहेको कामप्रति परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्टि जनाएका छन् भने समूहका सदस्यले सरकारबाट आफूहरुलाई असहयोग भएको महसुस गरेका आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सरकार र समूहबीचको असमझदारीकै कारण समूहका लागि सरकारले उपलव्ध गराउने बजेट, समूहका सदस्यको भत्ता र गाडी सुविधाबारे मन्त्रिपरिषदले निर्णय गरेको छैन ।

परराष्ट्र मन्त्रालयले प्रवुद्ध समहूका लागि दिइने बजेट भत्ता र गाडी सुविधासम्बन्धी प्रस्ताव तयार गरी तीन साताअघि मन्त्रिपरिषदमा पठाए पनि त्यस सम्बन्धमा कुनै निर्णय हुन नसकेको सरकारी स्रोतले बताएको छ ।

प्रवुद्ध समूहमा पूर्वराजदूत डा. भेषबहादुर थापा, एमाले सांसद राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री निलाम्बर आचार्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment