Comments Add Comment

२० अर्ब रुपैयाँ दाइजो दिने घोषणा गर्दा पनि पाउन सकिएन ज्वाइँ

sung-hangkangचाओ जे सुंग हंगकंगका अर्बपति हुन्। उनी कैयन् जहाज तथा सम्पत्तिका मालिक हुन् । उनले आफ्नी छोरीको बिहेमा झण्डै २० अर्ब दाइजो दिने घोषणा गरेको धेरै भयो । तर उनकी छोरीलाई बिहे गर्ने मान्छे अर्थात् उनको हुनेवाला ज्वाइँ अझै फेला परेको छैन ।

चाओले आफ्नी सुन्दरी छोरी जिनी चाओको लागि योग्य वरको खोजी गरिरहेको धेरै भयो । सुन्दर तथा धनाढ्य युवतीसँग बिहे गर्न पाउने र अझ २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति त दाइजो नै पाउने थाहा हुँदाहुँदै पनि ती अर्बपतिकी छोरीलाई बिहे गर्छु भन्ने हिम्मत अहिलेसम्म कोही तन्नेरीले जुटाउन सकेको छैन ।

यसअघि ४ वर्ष पहिले पनि जिनी बिहेको कुराले चर्चामा आएकी थिइन् । उनले त्यतिबेला जति केटाहरुलाई देखाएपनि अस्विकार गरिन् । अनि आफुले केटासँग नभई केटीसँग बिहे गर्न चाहेको भनेपछि अर्बपति बाउ छाँगाबाट खसेझैँ भए । वास्तवमा जिनी समलिंगी हुन् र पछिल्लो ६ वर्षदेखि कुनै अर्की महिलासँग सम्बन्धमा छिन् । त्यो सुनिसकेपछि उनले त्यतिबेला पनि तत्कालै घोषणा गरेका थिए की छोरीको बिहे गर्नेलाई ७ अर्ब रुपैयाँ दाइजो दिने । तर उतिबेला पनि उनको दाइजोले कसैलाई प्रभाव पारेन ।

बिहेको कुरा लिएर धेरै आएपनि केटीको वास्तविकता जानेपछि सबै फर्किए र कोहीपनि जिनीसँग बिहे गर्न तयार भएन । दाइजो बढाउँदा तन्नेरीहरु लोभिएर आउँछन् भनी बाबुचाहीँले दाइजोको रकम २० अर्ब पूराएको पनि महिनौँ भयो । तर अहिलेसम्म जिनीलाई बिहे गर्ने तन्नेरी भेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment