Comments Add Comment

अमेरिकी अनुसन्धानकर्ताको खोजः काठमाडौंमा ठूलो भूकम्पको जोखिम कति ?

त्रिवेणी र वागमतीको किनारमा यसरी गरियोे अनुसन्धान

researchers-earthqueak२२ मंसिर, काठमाडौं । नेपालमा झण्डै ९ हजारको ज्यान लिने तथा ६ लाख भौतिक संरचना ध्वस्त पार्ने विनाशकारी भूकम्प गएको डेढ वर्ष नाघेको छ । विनाशकारी भूकम्पको पीडा अझै कम हुन नपाउँदै विज्ञहरुले भने अर्को भूकम्पको चेतावनी दिएका छन् ।

विज्ञहरुका अनुसार काठमाडौं तथा हिमालयन फ्रन्टल फल्टमा पर्ने अन्य क्षेत्रहरु गत वर्षको भन्दा अझै भयानक भूकम्पको जोखिममा छन् ।

अमेरिकाको नेवादा विश्वविद्यालयका शोधकर्ता सहितको अन्तराष्ट्रिय अनुसन्धान टोलीले गत वर्षको भुइँचालोपछि काठमाडौं लगायत फल्ट लाइन क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषण गरेको छ

गत वर्षको भूकम्पछि गरिएका स्थलगत अनुसन्धान तथा विश्लेषणले के देखाएको छ भने १२४ माइल लामो हिमालयन फ्रन्टल फल्ट यस्तो अवस्थामा छ, जसले ८ रेक्टर स्केल वा सो भन्दा ठूलो म्याग्नेच्युटको भूकम्प पैदा गर्न सक्छ । यसबाट १५ देखि ३० फिट अग्लो दरार पैदा हुन सक्छ ।

शोधकर्ताहरुका अनुसार गत वर्षको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पहरु अझै शक्तिशाली भुइँचालो आउन सक्ने खतराका संकेत हुन् ।

अमेरिकाको नेवादा विश्वविद्यालयका शोधकर्ता सहितको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गत वर्षको भुइँचालोपछि काठमाडौं लगायत फल्ट लाइन क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषण गरेको छ ।

उनीहरुको शोध प्रतिवेदन अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स नामक जर्नलमा प्रकाशित भएको छ ।

शोधकर्ताहरुले त्रिवेणी र वागमती क्षेत्रको जमिनमा दुई गहिरो प्वाल खोपेर संरचनात्मक र रेडियोकार्वन सम्बन्धमा अध्ययन गर्नुका साथै फल्ट एरियामा चट्टान तथा माटोको पत्रहरुको समेत अनुसन्धान गरे ।

bagmati-and-tribeni

त्यसक्रममा उनीहरुले हजारौँ वर्ष पहिलेको भूकम्पबाट जमीन स्थानान्तरण भएको प्रमाण फेला पारे । काठमाडौंबाट झण्डै २ सय किलोमिटर दक्षिणमा पर्ने त्रिवेणीमा उनीहरुले कम्तिमा १५ फिट ठाडो भिन्नता रहेको भिरालो किनारा पत्ता लगाए, जुन सन् १२२१ देखि १२६२ को बीचको भूकम्पीय गतिविधिका कारण जमीन सरेर भएको हो ।

त्यस्तै वागमती क्षेत्रमा उनीहरुले ३० फिट भर्टिकल सेपरेसन फेला पारे जुन सन् १०३१ र १३२१ के बीचमा निर्माण भएको हो ।
सेन्टर फर नियोटेक्टोनिक स्टडिजका निर्देशक तथा भौतिक विज्ञानका प्राध्यापक समेत समेत शोधकर्ता स्टेभ वेस्नस्कीले पछिल्लो २ हजार वर्षयताका भूकम्पीय अवशेषहरुको अध्ययन गर्नका लागि काठमाडौं र आसपासमा खाडल खनेर फल्ट लाइनका साथै चट्टान र माटोको अध्ययन गरिएको बताए । उनले पछिल्लो २० वर्षदेखि हिमालय फ्रन्टल फल्टको अध्ययन गरिरहेका छन् ।

ऐतिहासिक अध्ययन तथा अहिलेको अवस्थालाई तुलना गर्दा उक्त क्षेत्रका फल्टहरु गोरखा भुकम्पभन्दा पनि ठूलो भूकम्प ल्याउन सक्षम रहेको देखिएको उनले बताए ।

nepal-earth-quack-research2

वागमती र त्रिवेणीबीचमा रहेको हिमालय फ्रन्टल फल्टको २ सय किलोमिटर क्षेत्र एकपछि अर्को गर्दै धाँजा फाट्न सक्छ र गोरखा भूकम्प भन्दा ठूलो भूकम्पको सिर्जना गर्न सक्छ ।

त्यसैले गत वर्षको गोरखा भूकम्पले काठमाडौंमा भूकम्पीय जोखिम नघटाएको र काठमाडौं आसपासमा अझै ठूलो भूकम्पको जोखिम रहेको निष्कर्ष शोधकर्ताहरुको छ ।

शोधकर्ता वेस्नस्की भन्छन्ः सिद्धान्ततः त्रिवेणीको नजिकै पश्चिमतर्फबाट भूकम्प पैदा हुनसक्छ, जुन फल्ट लाइन हुँदै काठमाडौंको मुनिपट्टिसम्म फैलिन्छ, जहाँ गत वर्षको गोरखा भूकम्पले धाँजा फाटेको थिएन । यस्तो धाँजाको लम्बाइ २ सय किलोमिटर सम्म हुनसक्छ र ८ रेकटर स्केल सम्मको भूकम्पको सिर्जना गर्न सक्छ ।

शोधकर्ताहरुले भूकम्पको खतरा देखाएपनि भूकम्प कहिले, कहाँ र कति रेक्टर स्केलको जान्छ भनेर वैज्ञानिकहरुले पत्ता लगाउन नसकेको विषय हो । त्यसैले यस्ता अध्ययनहरुबाट आउने निष्कर्षबाट आत्तिने भन्दापनि सतर्क रहनुपर्ने भूकम्पविदहरु बताउँछन् ।

स्रोत–डेली मेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment