बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

पूर्वराजा ज्ञानेन्द्रले भने- तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ (पूर्णपाठ सहित)

देश बन्ने होइन, नबच्ने चिन्ता, क्रीडास्थल बन्न नदिने दाबी

अनलाइनखबर

gyanendra-2

२६ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर आफूले नारायणहिटी राजदरबार छाडेको बताएका छन् । तर, राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको उनले बताएका छन् ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं । तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।’

आफूले नारायणहिटी छाडेको एक दशक नपुग्दै देशै नबच्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै पूर्वराजाले देशलाई कसैको क्रिडास्थल बन्न नदिने बताएका छन् । उनले भनेका छन्- ‘दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन ।’

पृथ्वीनारायणको सम्झनामा पूर्वराजाले जारी गरेको वक्तव्यको पूर्णपाठ

श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ ।

चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मुलुकका शान्तिपि्रय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् ।

यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ ।

स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।

दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।

नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।

विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन आह्वान गर्दछु ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।

२०७३ पुष २६ गते १७:२० मा प्रकाशित (२०७३ पुष २७ गते ६:२१मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३२ प्रतिकृयाहरू प्राप्त
  • shree krishna Dhimal लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:३४

    जय राष्ट्र जय नेपाल जय शाह बश।।।

    87
    17
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:३५

    Dear Mr.Gyanendra,
    Why is everyone only taking high moral ground only when they are out of power? Same like every other politicians who talk big when they are out of the government and when given chance ,they think about nothing but how to obtain maximum personal gain from it.How didn’t you do anything when everything was under your command ? If you had wanted, you could have taken initiative for anything and accomplished it. Why talk about it now when you could have actually done something for the nation ?

    40
    42
    Share

  • Ganatntrawadi लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:४२

    Dherai ramro kura….I liked it….Raja timi sabka sajha.

    77
    12
    Share

  • He is the best लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:४४

    Thanks you so much for a patriotic thinking , we always loved you and will love you forever, it’s time to show these bastard leaders…that king is always a king and our nation need you now…come back…we need you .

    68
    12
    Share

  • Shambhu लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:४९

    मेरो समर्थन छ !!!

    88
    11
    Share

  • Himal लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:५०

    Sahi ho move on. Raja nai chahinxa aba desha ma .. hindu rasta nepal jindabad

    73
    13
    Share

  • रमेश थापा लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:५७

    देशको बिकास,तथा देशमा दुइदल भन्दा नहोस थ्रसहोल्ड कम्तिमा पनि ३०% होस,सबैलाई एकै किसिमको कानुन होस, कानुन कडा भन्दा कडा होस जस्ले भ्रष्टाचारको जडलाई न्युनिकरण गरोस,देशले केही न केही कारण बन्द हड्तालले प्रसय नपावस।देशले शैनिक शासन चाहन्छ पूरा गर।यी भदौ महिनामा आँखा फुटेका नेताहरुमा कहि वुध्ति पलाउदैन।

    70
    8
    Share

  • Rambandhu Pokharel लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:०३

    Whether is it true?

    7
    9
    Share

  • Bindu लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:१४

    ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वी जयन्तीमा सार्वजनिक विदा
    दिनका लागि सबैको सहमति खोज्न प्रयास गर्ने बताएका छन् । ‘
    कति काईते यी प्रधान मन्त्रि !
    अरु देशमा रास्ट्र निर्मातालाई अत्यन्तै उच्च सम्मान दिइन्छ , नेपालमा भने
    यी लेंदृपेहरुले कम्मर कसेर नेपालको पहिचान मेटाउन लागि
    परेका छन् . ऐले लाज करले गर्दा सबैको सहमति खोज्ने प्रयास रे !
    धेरै कुराहरु नेपाल रास्ट्रको अहितमा हुदै गईरहेको यस विषाक्त परिस्थितिमा
    धन्न भू पू राजाले चै पृथ्बी जन्यतिको अबसरमा दुखेसो चै
    पोखेछन् . राजा दुखेसो पोख्छन् , रास्ट्र प्रति चिन्तित बुद्दिजिबिहरु चै यस्सो
    बेला बेलामा मिडिया मार्फत रुन्छन् .
    देश दिन प्रति दिन उँधो उँधो लाग्दै गईरहेको छ —
    भोलि के हुने हो थाहा छैन .
    बिन्दु प्याकुरेल , बेल्जियमबाट .

    94
    9
    Share

  • Devi bhandari लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:२०

    Very very good

    46
    5
    Share

  • nepali aawaj लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:२३

    एकिकरण कै मात्र कुरा गर्ने हो भने । । ।अँग्रेजले भारत एकीकरण गरेको हो । ।करिब ६४७ वटा राज्य मिलाएर । । । । अब के भारतीय हरुले अँग्रेज लाई पूजा गर्न जानु पर्यो। । । । ? ? ? ?अर्को कुरा हामी बढी भावना मा बग्छौ । । ।बिचार प्रयोग गर्दैनौ । । । ।जनाताअ केन्दृत कुरा गर्न जान्नु पर्योी । ।अब । । । ।तिब्बत चिन को भए पनि त्यहाँ तिब्बतियन बाहेक राज्य प्रमुख हुन पाउदैन । । । ।आर्थी बृधी उस्तै छ प्रती व्यक्ती आम्दाअबी ११००० डलर । । । । ।सिक्किम मै पनि सिक्किम को जगा सिकिम को जनाताले बाहेक अरु ले किन पाउदैन । । । ।आर्ठीक बिकास उस्तै छ । । । । ।भाषा संस्कृती को समान अधिकार छ । । । ।एक इटालियन इतिहासविद्का अनुसार मल्ल कालमा जर्मनिको र नेपालको प्रती व्यक्ती आम्दाइन र जिवन स्टार लगभग बराबर थियो । । । । । ।आज के भयो ? । । । । । । ।भारतिय विस्तारवाद, ‘नेपाली’ बाहुनवाद र गोर्खाली राज्यबिस्तार ..all r based on exploitation….but….the base of prosperity is equality…..

    22
    127
    Share

  • नेपाली लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:२५

    नेपाली जनता सबैको साझा संकल्प।
    अबको निकाश राजतन्त्र नै विकल्प।

    91
    13
    Share

  • Praja लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:४४

    Desh ko sampravutwa ma kalo dhaba Lange gari ghutta rajniti garera afno vabisya ujjal banauna jun Krida rastra ko birudha Kheli rakaxan tesh ko niminta Ab ye neta haru le gardainan hami sabai janata mili Akjut vai feri sampravu ko ahwan garnu parne Samaya voli prithibi jayanti manayera Suru garau anyatha desh udho gari lagi sakeko xa hami sabai Nepali lai ghukkaey ko xa . Bigat ka prajatantrik rajniti le hami janmiako dashi pani Bajar ma prastut gara

    0
    0
    Share

  • Rohan लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:४७

    Raja aau desh bachau…..!!!!!

    1
    0
    Share

  • Arjun kumar chaudhary लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:४८

    Gyanendra, sakxau bhane yi neta harulai pakha lagaera dekhai deu, Natra bhane sarkar bahira basnu pareko dal ka netaharu jasto rodan prakat nagara

    1
    0
    Share

  • Praja लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:४८

    Desh ko sampravutwa ma kalo dhaba Lange gari ghutta rajniti garera afno vabisya ujjal banauna jun Krida rastra ko birudha Kheli rakaxan tesh ko niminta Ab ye neta haru le gardainan hami sabai janata mili Akjut vai feri sampravu ko ahwan garnu parne Samaya voli prithibi jayanti manayera Suru garau anyatha desh udho gari lagi sakeko xa hami sabai Nepali lai ghukkaey ko xa . Bigat ka prajatantrik rajniti le hami janmiako dashi pani Bajar ma prastut garaune din Abasya aunixan

    0
    0
    Share

  • Mulbaasi Bhumiputra लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:५९

    ह ह ह बिदेसी बाट आएर कलमी गरेको राजसंस्थाहरु ले नै नेपालको अर्जिनल उत्पति नाम
    मंगोल देश बाट एउटा सानो हाँडिगाऊँ को नाम नेपाल देश बनाएर मुलबासी बहुपुत्रहरुको
    इतिहास थाकथलो भाषा लिपि संस्कृति, धर्म उनीहरुको पहिचान सबै हत्यागरी २५० बर्ष सम्म
    राजकाज चलाएर देशलाई तहस नहस अन्धा अपाङ्ग खोक्रो राष्ट्र बनाउने यही एकात्मक
    एकल जातिको पहिचान सिस्टम जगले गर्दा यो देशको हालात यो गाती भएको हो ? केको
    राजा ? देश सपार्ने र बिकास गर्ने हो भने खुरुक्क पहिचान सहितको १०+१ प्रदेशहरु नै हुन
    अब नेपालको मिलनबिंदु र विकासको बिंदु भनेको अरु छैन ? देशमा संघीय लोकतंत्र गणतंत्र
    देशमा दुईजना माटोको छोरा र छोरी राष्ट्रपति भइसकेपछि पनि येस्तो कुरा गर्ने हो ? अब त
    सामंती राजाको कुरा गर्ने हो भने उल्टो देश टुक्रा टुक्रा विखण्डन हुन्छन १००%?

    0
    3
    Share

  • vicky लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:०५

    very good.

    0
    0
    Share

  • Noor लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:३४

    नेता देशद्रोही हुन सक्छ तर राजा कहिले पनि देशद्रोही हुन सक्दैन किनकि उसलाई थाहा छ देश रहे राजा रहन्छ तर देश नरहे नि नेता त कहिँ गएर पनि नेतागिरी को खेति सुरु गरि गर्छ .

    0
    0
    Share

  • hemraj bhattarai लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:३५

    प्रजातन्त्र वा गणतन्त्रको नारा लगाउँदै जसले जति खोके पनि बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति तथा स्व. कमरेड पुष्पलालको साम्यवादी नीतिमा जस्तो अडान अहिलेका ढोडका तोक्मा जस्ता नेताहरूमा पाइन्न । न त देशको चिन्ता छ न जनताको ख्याल, केवल कुर्सीको लडाइँ, रेसलिङको प्रतिस्पर्धाजस्तो प्रतिस्पर्धाको राजनीति मात्र । देशको विकासमा यस्तो प्रतिस्पर्धा हुनुपर्छ, नागरिक हक र अधिकारका लागि यस्तो प्रतिस्पर्धा होस् न अनि पो प्रजातन्त्र, गणतन्त्र… आदि तन्त्रहरू ।
    बरु राष्ट्रियता, सार्वभौमसत्ता र हामीजस्ता आम नागरिकले गरिखाने तन्त्र मात्र होइन राष्ट्रनिर्माणजस्तो महान् कार्य गरेर चार जात छत्तीस वर्णको साझा फूलबारी भनेर घोषणा गरे श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले । उनले जनतालाई शान्तिपूर्ण तरिकाले बाँच्न तयार पारेको राष्ट्रिय प्राङ्गण अहिले फूटबल ग्राउन्ड बनाएका छन् राजनीतिक पाटीका नेताहरूले । त्यसैले यो देशलाई श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहजस्तै शासक चाहिएको छ ।
    पृथ्वी जयन्तीको उपलक्ष्यमा सम्पूर्ण राष्ट्रवादी नेपालीलाई शुभकामना ।

    1
    0
    Share

  • Parchanda लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २०:०१

    हजुर्बाउ हर्को नाम बेचेर देश चलाउने दिन गए ज्ञानु जि !!

    0
    4
    Share

  • Dhan Bahadur Saud लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २०:३५

    it is impossible so that ganendra don’t follow it.

    0
    0
    Share

  • Sankata Prasad Nepal लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २०:३९

    देश दिन प्रति दिन उँधो उँधो लाग्दै गईरहेको छ —
    भोलि के हुने हो थाहा छैन .
    नेपाली जनता सबैको साझा संकल्प।
    अबको निकाश राजतन्त्र नै विकल्प।

    3
    0
    Share

  • hirdendra लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २१:०४

    Ek dam thik kura aba hami lai neta bhanda raja nai chahin6a. kina ki 601 jana khanu bhanda 1 jana le nai sasan gare kati nai khala ra ? tara raja bhane ko ghar ra desh gardian ho.
    Jai desh jai naresh . jai matra bhumi nepal.
    hami sabai ko shree pashupatinath bhagwan le rachacha garun jai nepal.

    0
    0
    Share

  • Desert लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २२:१६

    He who has spoken must act. It’s a common Nepali facing the wringer from high cost of daily essentials to rampant politicalisation in every sphere of life which entails favouritism, nepotism, bribery and out and out paid operatives ( read all political leaders) of foreign interest than of Nepal.

    Day might come where living in Nepal is a burden and insulting to be a Nepali. Therefore, it’s time to act. It’s evident no words even loss of nationhood bothers our leaders enlightened by foreign ideology of Maoism, socialism and even capitalism. They never leaned the process only skimmed the red book and Das Capital by heart. What a lot of fools

    0
    0
    Share

  • Bharat लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २२:२३

    Why our shah dynasty never show?? Why Shah dynasty dead when King Tribhuvan go to Delhi. Next Shah dynasty Follow to B.P. Koiralla but put in jail. Next King Mahendra and Nehru never speak any word about B. P. Koiral, when he was in Jail. But For K. P. Oli …..

    0
    0
    Share

  • rajan karki लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २३:११

    जनजातीबाद मुर्दाबाद, बिदेशी डलरबाद मुर्दाबाद ।
    बाहुनबाद हुन्छ भने अब जनजातीबाद पनि हुन्छ । बिदेशी हरियो डलरले नेपाल सिध्याउन बनाएको एउटा नवीन बाद ।
    राष्टिय एकता जिन्दाबाद ।

    0
    0
    Share

  • Utsav लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २३:२४

    राजतन्त्र जानुमा ज्ञानेन्द्र पनि दोशी छन । दरबारका नाममा/आडमा धेरैले उत्पात मच्चाएकै हो । त्यो भन्दा ठुलो उत्पात अहिले मच्चाइदैछ । तर पनि सँघियतामा नगइ कुसल नेत्रित्व हुँदा राजा बिनानै देशले बिकास छिटो गर्नेछ ।

    0
    1
    Share

  • Democracy लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २३:४९

    राजतन्त्रले, गणतंत्रले, र प्रजातन्त्रले देश लाई कहाबाट कहा पुर्यायो भनी राख्नु पर्ने छैन, अब एक थोक बाक़ी छ त्यो सैनिक शासन त्यो पनी हुन के बेर ? देशलाई राजनैतिक अखाड़ा बनाएर बाहिरका लाई अंगालेर उनी हरुको ईसारामा नाच्न थालेपछी जनतालाई दिएको बाँचा बिर्सेर होटल , बोटल , बिदेशी बैकमा टन्नै खरबौ राखेर देशको लागी यो गर्छु त्यो गर्छु भनी सोझा जनतालाई अल्मलाउने काम बाहेक केही कसैले गरेनन्
    आवाज़ उठाउने नया पिठी लाई देश मा राखेको भए आन्दोलन गरी उनीहरुको सायद अस्तित्व हुदैन भन्ने डरले खाड़ी तिर पैसाको लोभ देखाई र उता बाट आएको रेमीटेन्सले देशको राजस्व भरी आफ्नै सुविधा बढ़ाई , अनी त्यति ले न पुगी टाउको दुख्दा बिदेशमा उपचार को लागी अरबौकोमाग गर्ने लाई जनताको लागी के बिचार गर्लान त ? कदापी गर्न सक्दैनन्। यहा ब्रम्हलुट गरेका छन ।
    अब राजा आउ देश बचाउ नारा लगाउनुमा कुनै सार छैन नया पीढीका पैसा मा न लोभीनने राष्ट्र प्रती को माया र देशको विकास चाहने ब्यक्ती आएमा मात्र जनताले सुख पाउलान
    मेरो सोच यसरी पोखेको मात्रहु

    0
    0
    Share

  • काले लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते ०:३८

    नेताको चेत खुलेन । २०औं वर्ष जनप्रतिनिधिविहिन स्थानीय निकाय चले । संविधान वन्यो । तर सामाजिक सहिष्णुता भत्काइदैछ । पहिचान नासिदै छ । विकासका नाममा नेताका र पहुँचवालाका भुडी वढे । महल ठडिए । गरिब जनता गरिबै रहे । विदेशमा मरे । अपाङ्ग भए । स्वास्नी छोराछोरी विगारेर आफ्नो रगत पसिना वगाएपनि परिवर्तनको अनुभुति गर्न सकेनन । शिक्षा र स्वास्थ्यका नाममा हुनेले लुटे । उद्योगधन्दा सकिए । विदेशी सहयोगलाई जातजाति र सामाजिक सद्भाव विगार्नमै लगाए । श्रोतसाधन भएर पनि विकास हुन सकेन । हाइड्रोको संभावना भएपनि त्यस क्षेत्रमा काम भएन । कृषिलाई व्यावसायिकीकरण गरिएन । देशलाई विखण्डन गरिदैछ । सिक्किम वा भुटान वनाउन खोजियो तर तुरून्तै वनाउन पनि आँट गर्ने निस्केन । आफै विकास गर्ने पनि आँट भएन । अरूको लगौटी भएर सत्ताको स्वाद मात्र लिए । भ्रष्टाचारमा लिप्त भए । युवालाई देश विकासमा लगाउन सकिएन । अव कहिले कसरी विकास गर्ने भन्ने पनि भएन । सपुत जन्मेनछन । अव युवा नेताले प्रतिवद्ध भइ विकास गर्ने वा देशलाई वेच्ने निर्णय गरौं। जनशक्ति सोही अनुसार परिचालन गरौ ।

    0
    0
    Share

  • राजाराम जोशी लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते ४:२२

    देश र जनताको लागि सोच्ने भनेको राज संस्था ले मात्र हो अहिलेका यी भरौटे भारतीय दलाल हुन्, मौसुफ सरकारको jay होस् , नेपाल मा राजतन्त्र जसरि पनि आउनु पर्छ , येदि साच्चिकै श्री ५ ज्ञानेन्द्र सरकार ले चाहने हो भने ८०% नेपाली भोलि भोलि नै सडकमा स्वागत गर्न निस्कन्छन ,

    श्री पशुपति नाथ ले हामी सबैको कल्याण गरुन
    राजतन्त्र छिटै फर्की आओस
    आउ राजा मेरो देश बचाईदेउ

    हामी सबै लै आज एउतै कुरा खट्केको छ
    राजा भाको भए हाम्रो देश आज कसैको जी हजुर भन्दैनथ्यो होला

    जय देश जय नरेश

    जय नेपाल

    श्री ५ महाराज्धिराज़ को जय होस्

    2
    0
    Share

  • Manorath Kharel लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते ६:१८

    A country without religion and king is like that of a room without light.

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this