Comments Add Comment

११ दिनको छोरोलाई दैवले चुँड्यो, विछोड हुनु अघि खिचियो जुम्ल्याहाको मन छुने तस्वीर

twins-babies
सन्तान सुखको वर्षौं लामो प्रतीक्षापछि अमेरिकी दम्पत्ति लिन्डसे र म्याथ्यु ब्रेन्टलिंगर गत १७ डिसेम्बरमा जुम्ल्याहा बच्चाका बाबुआमा बनेका थिए । एक साथ छोरा विलियम र छोरी रेगनलाई हातमा खेलाउन पाउँदा उनीहरु विछट्टै खुशी भए । तर, ११ दिनपछि उनीहरुको आधा खुशी लुटियो ।

विलियमलाई दैवले चुँड्यो । लिन्डसेले गर्भधारण गरेको २३ औं हप्तामा नै डाक्टरहरुले एउटा खराब समाचार सुनाएका थिए । उनीहरुले भनेका थिए, ‘छोराको अवस्था असामान्य छ, बायाँ मुटुले काम गरिरहेको छैन । उ मृत जन्मिनेछ ।’

twins-babies2

त्यसपछि आमालाई सघन उपचारमा पठाइएको थियो । तर, डाक्टरको भनाइ विपरित छोरा र छोरी दुवै जिवित जन्मिए । यो आफैंमा एउटा चमत्कार थियो । लिन्डसे दम्पत्तिमा खुशीको सीमा रहेन ।

यद्यपि, जिवित जन्मिए पनि विलियम धेरै दिन नबाँच्ने डाक्टरहरुले भविष्यवाणी गरे । उनलाई अस्पतालबाट घर ल्याइयो । दम्पत्तिले छोरा र छोरीसँग बहुमूल्य ११ दिन गुजारे । म्याथ्यु भन्छन्, ‘ती ११ दिन मेरो जीवनका सर्वाधिक खुशीका दिन थिए ।’

twinss-parent

दम्पत्तिले छोरासँगका अन्तिम क्षणहरुलाई तस्बिरमा संग्रह गर्ने निर्णय गरे । उनीहरुले स्थानीय फोटोग्राफर लिन्डसे ब्रोनलाई घरमै निम्त्याए । बिदाको सिजनका लागि निकै व्यस्त भए पनि ब्राउनले दम्पत्तिको निम्ति समय निकाले ।

‘तस्बिर भनेका स्मृतिहरु हुन्,’ ब्रोनले सिएनएनसित भनेका छन्, ‘मलाई थाहा छ, मानिसहरुका लागि यो कति बहुमूल्य हुन्छ । त्यसैले उनीहरुका लागि यति गर्न सकेकोमा म औधि सन्तुष्ट छु ।’

ब्रोनका अनुसार विलियम एकदमै चनाखो देखिन्थे । उनकी बहिनी रेगन भने प्राय आँखा चिम्लिइरहन्थिन् ।

twins-babies3

यी तस्बिरहरु पहिलोपटक हेर्दा आफू धुरुधुरु रोएको लिन्डसे बताउँछिन् । उनले भनेकी छन्, ‘यी तस्वीरहरु औधि सुन्दर छन् । विलियम असाध्य सुन्दर देखिएको छ । केही तस्वीरमा उसका सुन्दर आँखाहरुले चनाखो भएर हेरिरहेका छन् । जीवनभर हामीलाई छोराको याद दिलाइरहने छन् ।’

twins-babies1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment