Comments Add Comment

अष्ट्रेलियामा पाकिस्तानले १२ वर्षपछि जित्यो

pakistan

२ माघ, काठमाडौं । पाकिस्तानले एकदिवसीय क्रिकेटमा अष्ट्रेलियामाथि ऐतिहासिक जित हात पारेको छ । मेलबर्न क्रिकेट ग्राउण्डमा भएको दोस्रो एकदिवसीयमा हात पारेको ६ विकेटको जित पाकिस्तानले अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा १२ वर्षपछि पाएको सफलता हो ।

२००५ जनवरीपछि पाकिस्तानले कुनै पनि फम्र्याटको क्रिकेटमा अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा हराएको थिएन ।

जितका लागि अष्ट्रेलियाले खिएको २२१ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर मोहम्मद हाफिजले ७२ रन बनाए भने साएब मल्लिकले अविजित ४२ रनको पारी खेले । बाबर आजमले ३४ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८.२ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको थियो । उसका लागि स्टिभ स्मिथले ६० रन बनाए भने म्याथु वाडेले ३५ रनको योगदान दिए ।

उसलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद आमिरले ३ विकेट लिए भने जुनिद खान र इमाद वासिमले २-२ विकेट दिए ।

पाँच म्याचको सिरिज १-१ को बराबरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment