Comments Add Comment

इभर्टनसँगको लज्जास्पद हारपछि ग्वार्डिओलाले भने–उपाधि होडबाट बाहिरियौं

man-city

३ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले इभर्टनसँग लज्जास्पद हार व्यहारेको छ । आइतबार राति भएको खेलमा बलियो टोली सिटीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको इर्भटनले ४–० को जित निकालेको हो ।

बल पोजिसज सिटीको ७१ प्रतिशत थियो । तर, उसले सिमित अवसर मात्र सृजना गर्न सक्यो । र, गोल गर्न सकेन । ठीक विपरित गोलका लागि ६ प्रयास गरेको इभर्टन चारमा सफल भयो ।

घरेलु मैदानमा भएको खेलमा इभर्टनले ३४ औं मिनेटमा लुकाकुको गोलबाट अग्रता लिएको थियो । ४७ औं मिनेटमा केभिन मिरालासले गोल गरे भने ७९ औं मिनेटमा भेडिस र अतिरिक्त समयमा लुकमानले गोल गर्दै इभर्टनलाई ४–० को जित दिलाए ।

यो हारसँगै सिटी उपाधि होडबाट बाहिरिएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् । टेबललाई बिर्सिएर सिजनको अन्त्यसम्म खेल्ने र त्यसपछि सबैको मूल्याकंन गर्ने उनले बताए ।

म्यानचेष्टर सिटी २१ खेलबाट ४२ अंकका सात पाँचौ स्थानमा छ र लिग लिडर चेल्सी भन्दा १० अंकले पछाडि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment