Comments Add Comment

बिहेको निम्तो मान्न शीतल निवास पुगे ज्ञानेन्द्र, २० मिनेटमै बाहिरिए

gyanendra-shaha-in-shitalnibas

३ माघ, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुशुमको विवाहको निम्तो मान्न ज्ञानेन्द्र सोमबार मध्याहृन शीतल निवास पुगेका हुन् ।

बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीको पछिल्लो सिटमा बसेर पूर्वराजा शाह शितल निवासमा प्रवेश गरे ।पूर्वराजा शाह २० मिनेटमात्रै बसेर शितलनिवासबाट बाहिरिएका छन् । वर-वधुलाई आशिर्वाद दिएर उनी शितल निवासबाट बाहिरिएको स्रोतले बतायो ।

निशाकुशुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेषसँग बैबाहिक सम्वन्ध गाँसिएको हो ।

gyanendra-shaha-out-from-shitalnibas

gyanendra-shaha-in-shitalnibas-3

gyanendra-shaha-in-shitalnibas-1

gyanendra-shaha-in-shitalnibas-2

gyanendra-shaha-shitalnibas

तस्वीर: कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment