Comments Add Comment

शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए ५० वर्षअघिको आफ्नो विवाह

कोमललाई अन्माइएको भवनबाटै अन्मिइन् निसाकुसुम

gyanendra-shaha-shital-nibas-1

३ माघ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा निम्तो मान्न शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नै बिहेको सम्झना गरेका छन् ।

शीतल निवास त्यही ठाउँ हो, जहाँबाट उनले कोमललाई बिहे गरेर पत्नी बनाएका थिए । आइतबार पूर्वराजा ज्ञानेन्द्रले शीतलनिवास प्रवेश गरेपछि झण्डै ५० वर्ष पहिलेको आफ्नै विवाहको सम्झना आएको बताए ।

नव दुलाहा-दुलहीलाई शुभकामना दिएर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति समसेर जवरा, कमल थापा, गणेश थापा लगायतका नेताहरुसँग चिया पिउने क्रममा पूर्वराजाले आफ्नो विवाहको सम्झना सुनाएका हुन् ।

ज्ञानेन्द्रका अनुसार सन् १९७० मा शीतल निवासभित्रै उनी र कोमलवीच विवाह सम्पन्न भएको थियो । आज आफूलाई त्यो दिनको सम्झना आएको पूर्वराजाले कमल थापा लगायतका नेताहरुलाई सुनाए ।

त्यसो त ज्ञानेन्द्र र कोमल मात्रै होइन, शीतलनिवासबाट तत्कालीन राजा त्रिभुवनका तीनवटी छोरीहरु अर्थात ज्ञानेन्द्रका फूपूहरुलाई समेत अन्माइएको इतिहास छ ।

शीतलनिवास चन्द्रसमशेरका छोरा कृष्णसमशेर जबराको घर हो, जुन उनले स्वेच्छाले नेपाल सरकारलाई दिएका थिए । त्यसपछि यो ठाउँलाई केही समय परराष्ट्र मन्त्रालय अन्तरगत विदेशीहरुको पाहुना घरका रुपमा पनि प्रयोग गरिएको थियो विगतमा ।

यो भवनमा केही समय भारतीय दूतावाससमेत बसेको थियो ।

अतिथिहरुको शिष्टाचार भेटघाटमा समेत प्रयोग गरिएको यो घरबाट राजा महाराजाहरुले आफ्ना छोरा-छोरीको बिहे गराउने क्रममै ज्ञानेन्द्र र कोमलको विवाह पनि यही भवनबाट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment