Comments Add Comment

सेक्स औषधालयः नेपालमा खुलेआम, भारतमा कडाइ

यौनाङ्ग सानो हुनु बिमार हैन, तैपनि उपचार गरिन्छ !

sex-hospital-story

१० माघ, काठमाडौं । नेपालको एक प्रतिष्ठित दैनिक पत्रिकाको सोमबार प्रकाशित १० औं पृष्ठमा ‘उपचार’ शीर्षकमा केही वर्गीकृत विज्ञापनहरु छापिए । स्वास्थ्यसम्बन्धी सो विज्ञापनमा मोवाइल नम्बर दिँदै भनिएको छ- ‘यौन पावर बढाउने/ शिघ्र स्खलन रोक्ने ।’

नेपाल मेडिकल काउन्सिलको आचारसंहिता अनुसार स्वास्थ्य संघ संस्थाले यसरी विज्ञापन गर्न पाइँदैन । तर, राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा ‘उपचार’ शीर्षकमा यस्ता विज्ञापनहरु बेरोकटोक छापिने गरेका छन् ।

सोमबार प्रकाशित सोही दैनिक पत्रिकाको १० औं पृष्ठमा ‘यौन दुर्बलता ग्यारेन्टी गौशाला चोक’ र ‘यौन कमजोरीको ग्यारेन्टी’ जस्ता अरु पनि विज्ञापन छापिएका छन् । यसरी ‘यौन औषधालय’ विज्ञापन छाप्ने पत्रिकाले त्यस्ता उपचारक संस्थाहरुको लाइसेन्स वा वैधानिकता नै नजाँची पैसाका भरमा विज्ञापनहरु प्रकाशित गर्दै आएको छ ।

sex-hospital

र, यही पत्रिकालाई माध्यम बनाएर उपभोक्तामाथि ठगी भइरहेको छ । जसतर्फ नेपालको जिम्मेवार निकायको अहिलेसम्म ध्यान गएको छैन ।

गौशाला चौकमा ग्यारेन्टीका साथ ‘यौन दुर्बलता’को उपचारको दाबी गर्दै राष्ट्रिय पत्रिकामा विज्ञापन दिने दाताले सोमबार एकै दिन दुईवटा पत्रिकामा विज्ञापन छपाएको भेटिएको छ ।

मानिसको स्वास्थ्यमा खेलवाड गर्ने यस्ता विज्ञापनदाताहरुले स्तन घटाउने/बढाउने, गुप्ताङ्ग टाइट पार्ने र लिङ्ग बढाउने/घटाउनेसम्मका विज्ञापनहरु राष्ट्रिय पत्रिकामा निर्वाधरुपमा छपाउने गरेका छन् । नेपाल सरकारले यसतर्फ अहिलेसम्म ध्यान दिएको छैन । न त सम्बन्धित सञ्चार माध्यमले नै उपभोक्ता नठगिने खालको विज्ञापन नीति नै बनाउन सकेको छ ।

नेपालमा निर्वाध, भारतमा नियमन सुरु

नेपालमा अहिलेसम्म ‘सेक्स औषधालय’का डाक्टरहरुले भारतमा जसरी भित्तेलेखन चाहिँ गरिसकेका छैनन् । उनीहरुले अहिलेसम्म राष्ट्रिय पत्रपत्रिकामै स्थान पाइरहेका छन् र त्यसैबाट कमाउ धन्दा चलाइरहेका छन् ।

मिडियालाई ठगीको माध्यम बनाउन सफल नेपालका त्यस्ता ‘सेक्स औषधालय’ हरुले सेक्स टोय बिक्री गर्नुका साथै अन्य अनैतिक धन्दासमेत गर्ने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेको पाइन्छ ।

नेपालमा यस्तो कार्यप्रति सरकारले ध्यान नदिए पनि भारतमा चाँहि ‘सेक्स औषधालय’हरुमाथि त्यहाँको सरकारले निगरानी थालेको छ ।

यसबारे सोमबार बीबीसी हिन्दीमा प्रकाशित एक रिपोर्ट यस्तो छः

indian-sex-hospital

‘डाक्टर’ ताजुद्दीन हाशमी दुई सेकेन्ड बिरामीको नाडीमा हात राख्छन् र खुइय गर्दै फैसला सुनाउँछन्, ‘तपाईं असाध्यै कमजोर हुनुभएको छ ।’

तुरुन्तै उनी बिरामीलाई आफ्नो पाइन्ट फुकाल्न भन्छन् र टर्चलाइटबाट गुप्ताङ्गमा रातो प्रकाश फ्याँक्छन् ।

त्यसपछि आफ्नो दराजबाट एउटा सिसी निकालेर फलाक्छन्, ‘यो स्वर्ण भस्म हो, यसलाई दबाइमा मिलाएर सेवन गर्नुपर्छ । भस्मको १९५० रुपैयाँ र अर्को दबाईको ३० हजार रुपैयाँ पर्छ । जम्मा ३१ हजार ९ सय ५० रुपैयाँ लाग्छ ।’

त्यसपछि उनी बिरामीलाई एउटा सानो पुरिया थमाएर भन्छन्, ‘यसलाई आफ्नो अंगमा लगाउनुस, ज्यान भरिनेछ ।’ उनी यसको २ सय रुपैयाँ फी अलग्गै लिन्छन् ।
ठूलै संख्यामा रहेका यस्ता डाक्टरहरु अहिले चर्चामा छन् । किनकि भारतको उत्तर प्रदेशको सरकारले उनीहरुमाथि अनुसन्धानको आदेश दिएको छ ।

सन् २०१३ मा अमिताभ ठाकुर र उनकी पत्नी नूतन ठाकुरले लदखनउको गोमतीनगरमा रहेको हाशमी औषधालयसमेत २० वटा औषधालयविरुद्ध मुद्दा दर्ता गरेका थिए । उनीहरुले गलत प्रचार गरेर बिरामीहरुलाई ठगेको आरोप लगाइएको थियो ।

उत्तर प्रदेशका मेडिकल एजुकेसन फाँटका प्रमुख सचिव अनिता भटनाकर जैनले हालै सबै जिल्ला अधिकारीहरुलाई यस्ता दबाई तथा आपत्तिजनक विज्ञापनमाथि चमत्कारिक अधिनियम १९५४ कडाइका साथ लागू गर्न आदेश दिएकी छन् । सरकारले यस्ता औषधालयका अलावा जन्तर जस्ता वस्तुहरु बेच्ने र त्यसको विज्ञापन दिनेहरुमाथि पनि कारवाहीको आदेश दिएको छ ।

हाशमी औषधालयको तर्फबाट यौन क्षमता बढाउने विज्ञापन दिनुले औषधि तथा चमत्कारिक उपचार अधिनियम -आपत्तिजनक विज्ञापन) १९५४ को धारा ३ उल्लर्घन भएको ठहर गरिएको छ ।

त्यसो त हाशमी औषधालय बकाइदा दर्ता छ र यस्तो औषधालय चलाउनु गैरकानूनी होइन । औषधालयले एउटा विशेष हनिमुन कोर्स पनि चलाउँछ र दाबी गर्छ कि यसबाट कयौं नौजवानहरुले आफ्नो हनिमुन अझ रंगीन बनाएका छन् ।

हाशमी गुप्त रोग, पुरुषत्वको कमजोरी र निसन्तान दम्पतीहरुको उपचार गर्ने दाबी गर्छन् । उनी लिंग सानो हुनेहरुको पनि उपचार गर्छन् । जबकि यसलाई यौनरोग विशेषज्ञहरु बिमारी नै मान्दैनन् । यस्तै दाबी गर्नेहरु अन्य यस्तै औषधालयहरुको पनि हुन्छ ।

हाशमी औषधालयका डाक्टर ताजुद्दीन हाशमीले आफूमाथि लागेको मुद्दाको विषयमा बोल्न इन्कार गरे । यसै प्रसंगमा लखनउका डाक्टर पीके जैनसँग पनि बीबीसीको कुरा भयो । उनी सोध्छन्, ‘हामीले गरेको यौन क्षमता बढाउने विज्ञापन गैरकानूनी होइन । हामी त्यही गरिरहेका छौं जुन आयुर्वेद र शास्त्रमा लेखिएको हुन्छ । के भियग्रा शक्तिवर्द्धक होइन ?’

मुरादावादका आयुर्वेदिक तथा यूनानी अधिकारी डा. सुमन मिश्राको कार्यालयका कर्मचारी शुदर्शन शर्मा भन्छन्, ‘जब हामी छापा मार्न जान्छौं, उनीहरु (दर्ता नभएका औषधालय) बेपत्ता हुन्छन् ।’

यौनरोग विशेषज्ञ प्रकाश कोठारीको भनाइमा यदि यौनशिक्षा बढाउने तथा ‘साइको-सेक्सुअल मेडिसिन’ पढाउने कलेजको संख्या वृद्धि गर्ने हो भने यस्ता धेरै यस्ता औषधालयहरु आफैं सुक्छन् ।

साइको सेक्सुअल मेडिसिन वा काउन्सिलिङ त्यो विधि हो, जसमार्फत यौनजन्य समस्याहरुका कारण हुने मानसिक चिन्ताको उपचार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment