+

धनगढीमा खुल्यो क्रिकेट ट्रेनिङ सेन्टर

२०७३ फागुन  १ गते १६:०१ २०७३ फागुन १ गते १६:०१
धनगढीमा खुल्यो क्रिकेट ट्रेनिङ सेन्टर

१ फागुन, कैलाली । राष्ट्रिय क्रिकेट खेलाडी पदम केसीको पहलमा कैलालीको धनगढीस्थित संगम टोलमा स्पार्क क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना भएको छ ।

क्रिकेटको शहरको रुपमा चिनिने धनगढीमा नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खोलिएको क्रिकेट एकेडेमीको आइतबार नेपाल उद्योग वाणिज्य महासंघका केन्दि्रय सदस्य गोपाल हमालले उद्घाटन गरेका छन् ।

क्रिकेटका राष्ट्रिय खेलाडी निरज चन्दले नेपालका क्रिकेट प्रशिक्षण केन्द्रहरुको अभाव भैरहेको बेला यो ट्रेनिङ्ग सेन्टरले थप बढावा दिएको बताउँदै ग्रामिण क्षेत्रमा रहेका क्रिकेट प्रतिभाहरुको प्रस्फुटन हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए ।

ट्रेनिङ्ग सेन्टरका निर्देशक एवं राष्ट्रिय क्रिकेट खेलाडी पदम केसीले एकेडेमीमा जुनियर लेबलबाट खेलाडीहरुलाई ट्रेनिङ्ग दिइने बताए ।

करिब १० लाखको लागतमा निर्माण भएको यस ट्रेनिङ्ग सेन्टरमा हाल महिला र पुरुष गरी ५० जना खेलाडीहरु प्रशिक्षणमा छन् ।

धनगढी नेपाली क्रिकेट
लेखक
दीपक उपाध्याय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय