Comments Add Comment

पाथीभरा भलिबलमा आज पूर्वाञ्चल र मध्यमाञ्चल भीड्दै

४ फागुन, ताप्लेजुङ । मंगलबारदेखि सुरु भएको पाथिभरा भलिवल प्रतियोगितामा आज पुलिस र सशस्त्र प्रहरी भीड्दैछन् । त्यस्तै आजै हुने दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।

सदरमुकामस्थित नेपाली सेनाको खेल मैदानमा भइरहेको खेलमा हिजो त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका थिए ।

जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा भएकोे प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लबले २५-१०, २५-१७ र २५-१०को सोझो सेटमा मध्यमाञ्चललाई पराजित गरको थियो ।

मंगलबार नै भएको दोस्रो खेलमा पुलिस क्लबले पूर्वाञ्चललाई २५-१८, २५-१३ र २५-१४को सेटमा हराएको थियो । खेलमा आर्मी र पुलिसले समान ३-३ अंक जोडेका छन् ।

‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment