शनिबार, १४ साउन, २०७४
OnlineKhabar.com

पुराना राजनीतिक शक्ति परिवर्तनका एजेण्डा उल्टाउने षडयन्त्रमाः ऊर्जामन्त्री

स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाउन विद्यार्थीहरुलाई आह्वान

अनलाइनखबर

६ फागुन, काठमाडौं । ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सो धारणा राखेका हुन् ।

त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीले केशव रावललाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डा उल्टाउने षडयन्त्र शुरु गरेको भन्दै प्रतिगामनकारी हर्कतहरुलाई ठेगान लगाउन युवा विद्यार्थीहरुलाई आह्वान गरे ।

‘पुराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोशिस गर्दैछन्,’ मन्त्री शर्माले भने, ‘स्थानीय तह र प्रदेशको चुनाव मार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ ।’

अर्को प्रसंगमा उनले ऊर्जामन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको उल्लेख गरे । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गर्दै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरामात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए ।

ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ ।

२०७३ फागुन ६ गते १६:०४ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १६:१२

    You are right, they are reverting it, because they (UML/NC/RPP) are less Lampasrabadi more patriotic.

    3
    4
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १६:१६

    शर्माजी,

    जनतालाई उज्यालो दिएर,

    बाह बाही र स्याबासी पाईरहेको तपाइले,

    जनताको मन्त्री हुँदाहुँदै,

    किन कलेजमा गएर भोट माग्नु भएको ?

    यो अलि सुहाएन है l

    2
    2
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this