Comments Add Comment

रुपन्देहीमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

७ फागुन, भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा प्रहरीले ५ सेल आश्रु ग्यास प्रहार गरेको छ । प्रहरीका अनुसार राउतका कार्यकर्ताले लु १ ख ४९८१ नम्बरको ट्रकमा समेत आगजनी गरेका छन् ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा आयोजना गरेको आमसभा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेका अनुसार दोहोरो झडपमा परी ५ जना प्रहरी घाइते भएका छन् । उनका अनुसार ८ जना कार्यकता पनि पक्राउ गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment