Comments Add Comment

पशुपति क्षेत्रमा नागाबाबाहरुको लीला, हेर्नुस् ९ तस्वीर

१० फागुन, काठमाडौं । महाशिवरात्रि आउन केही दिन मात्र बाँकी रहँदा राजधानीको पवित्र पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल बढेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा आआफ्नो अखडा बनाई साधु र नागा बाबाहरु धुनी जगाएर बस्न थालिसकेका छन् । भारतको विभिन्न स्थानबाट बाबाहरु आएका छन् ।

अनेक भेषमा सजिएका साधु बाबाहरुको आगमन बढ्न थालेसँगै पशुपतिमा शिवरात्रिको माहौल सुरु भएको छ । थरीथरीका साधुहरुको लीला हेर्न रमितेहरुको पनि लर्को लाग्न थालेको छ ।

गत वर्ष भूकम्प र नाकाबन्दीका कारण बाबाहरुको आगमन अघिल्ला वर्षभन्दा घटे पनि यस वर्ष संख्या बढ्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत वर्ष करिब पाँच हजार बाबाहरु आएका थिए ।

पशुपति क्षेत्रमा धुनी जगाएर बसेका बाबाहरुको लीला तस्बिरमा हेरौं:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment