Comments Add Comment

उदयपुर सिमेन्ट २५ बर्षपछि नाफामा

११ फागुन, काठमाडौं । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग, कलकारखानाले नियमित उर्जा पाउँदा उत्पादकत्व कसरी बृद्धि हुन्छ भनेर उदयपुर सिमेन्ट कारखानाले देखाएको छ ।

उदयपुर सिमेन्टले स्थापनाको २५ बर्षपछि पहिलो पटक गत माघ महिनामा ६ करोड नाफा कमाएको छ ।

१० बर्षयता बढीमा दैनिक ३०० टन सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगले नियमित बिजुली पाएपछि अहिले दैनिक ७०० टन उत्पादन गरिरहेको छ । जस अनुसार दैनिक १४ हजार बोरा हुन्छ ।

कारखानाका महाप्रवन्धक सुरेन्द्रकुमार पौडेलका अनुसार डेढ महिनायता उद्योगले नियमित बिजुली पाइरहेको छ र उद्योग एक दिनपनि बन्द भएको छैन । यो अवधिमा दैनिक १० देखि १५ लाखसम्म आम्दानी भइरहेकोसमेत उनले जानकारी दिए ।

बिजुलीकै अपर्याप्तताका कारण कम्पनीले बिगतमा माषिक एकदेखि डेढ करोडसम्म नोक्सारी ब्यहोर्दै आएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment