Comments Add Comment

टोटनहृयाम युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरियो

१३ फागुन, काठमाडौं । वेम्बलीमा केएए जेन्टसँग बराबरी खेलेपछि टोटनहृयाम युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ ।

बिहीबार राति भएको दोस्रो लेगमा २-२ को बराबरी खेलेको टोटनहृयाम जेन्टसँग समग्रमा ३-२ ले पराजित भएको छ । पहिलो लेगमा जेन्टले १-० ले जितेको थियो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले १० औं मिनेटमा इरिक्सनको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा केनले आत्मघाती गोल गरे ।

३९ औं मिनेटमा अलीले रातो कार्ड पाएपछि टोटनहृयाम १० खेलाडीमा सीमित भयो ।

६१ औं मिनेटमा वानयामाले गोल गर्दै टोटनहृयामलाई २-१ को अग्रता दिलाए । तर, ८२ औं मिनेटमा पेर्बेटले गोल गर्दै टोटनहृयामको युरोप यात्रामा पूर्णविराम लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment