Comments Add Comment

आजका पत्रिकामा फ्रन्टपेजः स्थानीय चुनावको उत्साह, कांग्रेसभित्रको किचलो

१५ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा मतदाता बढेसँगै देखिएको उत्साह तथा प्रमुख पार्टी नेपाली कांग्रेेसभित्रै देखिएको किचलोको समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

आजको कान्तिपुर दैनिकले मतदाता १ करोड ४० लाख शीर्षकमा स्थानीय निर्वाचनको समाचारलाई प्रमुख बनाएको छ । त्यस्तै देउवालाई पौडेलको पत्र भनेर पनि समाचार फ्रन्टपेजमै छापेको छ ।

त्यस्तै नागरिक दैनिक, नयाँ पत्रिका लगायतले पनि सोही ब्यहोराको समाचार फ्रन्टपेजमा छापेको छ । नयाँ पत्रिकाले सरकारले संशोधन पुरक प्रस्ताव लैजाने तयारी गरिरहेको समाचार फ्रन्टपेजमा छापेको छ ।

आजको अन्नपूर्ण पोस्टले भने कर्मचारी सञ्चयकोषको अवधारणा, ३ सय मेघावाटको प्रस्ताव भनेर फरक समाचारलाई फ्रन्टपेजमा छापेको छ । चीनले पहिलो पटक नेपालीलाई गि्रनकार्ड दिएको समाचारलाई पनि अन्नपूर्णले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment