बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

‘बाबुरामजीले सामर्थ्य गुमाइसक्नुभएछ, रवीन्द्र मिश्रलाई शुभेच्छा छ !’

'अब राजनीति गर्दिनँ, मतदाता समेत पैसामा बिकिसके'

अनलाइनखबर

२ चैत, काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालले नयाँ शक्ति पार्टी परित्याग गरेका छन् । उनले अब कुनै राजनीतिक दलमा सामेल नहुने घोषणा गरेका छन् । बाबुराम भट्टराईले गुट व्यवस्थापन गर्ने सामर्थ्य गुमाइसकेको र मतदाताहरु समेत पैसामा बिक्ने गरेका कारण इमान्दार मानिसले राजनीति गर्न नसक्ने खनालको निश्कर्ष छ ।

अनलाइनखबरले सम्पर्क गर्दा शुरुमा खनालले राजनीतिक विषयमा कुराकानी गर्न अस्वीकार गरे । तर, राजनीतिक विषयमा अन्तिम कुराकानी हुने शर्तमा उनले नयाँशक्ति परित्याग गर्नुपर्ने केही कारणहरु खोले ।

नयाँ शक्ति पार्टी छोड्नु भएको हो ?

मैले मेरो स्टाटसमा नयाँ शक्ति भनेको पनि छैन । मसँग राजनीति गर्ने क्षमता रहेन छ भन्ने निष्कर्ष हो । नेपालमा राजनीति गर्न जुनखालको क्षमता चाहिने रहेछ, त्यो क्षमता मसँग रहेन छ । त्यसकारण पनि मैले अब कुनै राजनीतिक पार्टीमा नरहने घोषणा गरेको छु ।

नयाँ शक्ति पार्टीबाट राजीनामा नै दिइसकेको हो ?

मैले राजीनामा दिने आवश्यकता नै ठानेको छैन । किनभने, ६/७ महिनादेखि म सक्रिय पनि छैन ।

सक्रिय नभएको चाँहि किन ?

राजनीति गर्ने भनेर हिँडेको छ, खराब आचरण, खराब प्रवृत्ति, खाली विभाजनकारी, विखण्डनकारी, समुदाय-समुदायवीच झगडा चलाउने बाहेक नयाँ शक्तिमा अरु केही पनि राम्रो काम भएन । त्यस्तो गर्ने मान्छेहरुलाई नेता बनाउने गरी काम गर्न सकिएन । हामी नेता बनाउने मान्छेले त्यस्तो नेता बनाउन आवश्यक ठानिनँ । र, राजनीतिबाट सन्यास लिएको छु ।

नयाँ शक्ति पार्टीमा मुख्य समस्या के-के रहेछ ?

मैले भन्नुपर्ने होइन । हाम्रो धर्मशास्त्र, नीतिशास्त्र अध्ययन गर्दा आचरण सम्वन्धी पर्याप्त चर्चा पाइन्छ । हाम्रो शास्त्रअनुसार मानिसमा हुनुपर्ने, आचरण, स्वभाव र गुणहरु सबै त्याग्न सकियो भने बल्ल मान्छे राजनीतिज्ञ हुने रहेछ । मैले त्यो आचरण त्याग्न सकिनँ ।

नयाँ शक्तिलाई एउटा सम्भावनाको रुपमा हेरिएको थियो, त्यहाँभित्र के हुँदैछ ?

विशेष समस्या के भने माओवादी पार्टीमा जुन राजनीतिक चरित्र पहिले थियो, त्यो राजनीतिक चरित्रमा कति पनि सुधार आएन । बरु विकृति त्योभन्दा बढी हावी हुँदै गयो । चन्दा आतंकदेखि गुटगत राजनीतिमा त्यही हावी हुँदै गयो ।

कुरा गर्दा समतामुलक, सबैलाई समावेशी गर्नुपर्छ भन्ने र पार्टी चलाउने बेला आफ्ना मान्छेहरु मात्रै नजिक राख्ने भएपछि समावेशी, समतामुलक भएन नि ।

प्रत्येक राजनीतिक दलको समस्या, नारा निकै आदर्शवादी बनाउने, त्यस्तै कुरा गर्ने, काम त्यसको ठ्याक्कै उल्टो । नयाँ शक्ति पार्टीमा पनि देखिएको समस्या यही हो ।

उसोभए नयाँ शक्तिमा गुट पनि जन्मिइसकेको हो ?

एकदमै धेरै । गुट त जिल्ला-जिल्लामा पुगेको छ । पहिले गाउँ तहसम्म इकाइ नै थिएन । जहाँ संगठन बन्छ, त्यहाँ गुट हावी हुन थाल्यो । हामीले राजनीतिक नेतृत्वमा जुन राजनीतिक चरित्र हुनुपर्छ भनेर अध्ययन गरेका थियौँ, त्यो पाइएन । सबै चरित्र त्यागेर राजनीतिलाई उद्योग बनाउने, व्यवसाय बनाउने, कमाउने भाँडो बनाउने चरित्र हावी हुँदै गयो ।

हुन त यो नयाँ शक्तिमा मात्र होइन, सबै दलमा देखिएको समस्या हो । तर, नयाँ शक्तिमा त्यस्तो हुनुहुँदैन भन्ने मेरो विचार रहेको थियो ।

बाबुराम भट्टराईमा पनि यस्तो समस्या रहेछ ?

बाबुरामजीले गुट राजनीति म्यानेज गर्ने सामर्थ्य पहिले नै गुमाइसक्नुभएको रहेछ । सायद पहिले कुनैबेला उहाँको पनि त्यस्तो काममा संसर्ग भएको थियो होला । जुन व्यक्तिलाई पहिले उहाँले प्रोटेक्सन दिनुभयो, जुन व्यक्तिले सुरुमा उहाँलाई प्रोटेक्सन दिए, ती व्यक्तिलाई त डाक्टर सापले पनि क्षमा त दिनै पर्‍यो जस्तै गल्ति गरे पनि । उहाँ त्यसरी सबैलाई क्षमा दिनतिर लाग्नुभयो कि भन्ने लागेको छ । उहाँको काम गराइबाट यही देखिन्छ ।

उहाँसँग अहिले पनि कुराकानी हुँदा निकै आदर्शवादी कुरा गर्नुहुन्छ । मैले बुझेको छु, सुधार गर्नुपर्छ, यस्तो समस्या हटाउनुपर्छ, मैले बुझेको छु भन्ने तर पछि गएर तिनै मान्छेहरुलाई अगाडि बढाउने, उनीहरुलाई नै बढी विश्वास गर्ने स्थिति रहृयो ।

निर्णयहरु गोजीबाट आउँछ । लोकतान्त्रिक विधिमा त छलफल गरेर मात्र निर्णय हुन्छ । दिनभरि चार/पाँच घण्टा छलफल गर्‍यो, अन्तिममा निर्णय गोजीबाट खुर्लुक्क झरेर अर्कै आउँछ । त्यहाँ साथीहरुले माओवादी हुँदादेखि नै चलेको चलन हो, बोल्न सबैले पाउँछ, निर्णय अर्कै आउँछ भन्ने गर्थे । यस्तो संस्कार छोडौं भन्दा उहाँहरु त्यो छोड्न पनि तयार हुनुभएन ।

नयाँशक्तिमा माओवादी स्कुलिङभन्दा बाहिरबाट आएका अरु पनि तनावमा छन् कि ?

धेरैले छाडिसके । पछिल्लो समय अध्ययन गरेका, बाहिरबाट आएका, कुनै विषयमा दक्षता हासिल गरेका व्यक्तिहरुलाई नयाँ शक्तिमा प्रवेश निषेध जस्तै भयो । किनभने उनीहरुलाई हाम्रो शक्ति पर्याप्त भयो, हामीलाई नयाँवाला चाहिँदैन भन्ने निष्कर्षमा करिब पुगेको आभाष भएको थियो । त्यसपछि नयाँलाई स्पेस नै दिइएन ।

के सपना बोकेर जानुभएको थियो तपाई नयाँ शक्तिमा ?

खासमा म रहरले गएको हुँदै होइन । मलाई त करै गरेर अन्तिम घडीमा कुर्सीमा लगेर राखेका हुन् । कर र स्वेच्छाले प्रवेश गरेकाहरु जो थिए, तीमध्ये अधिकांश निष्कृय भइसकेका छन् । कतिपयले अस्ति भर्खर छोडे । कांग्रेस, एमाले, माओवादीबाट क्षेत्रीय स्तरमा प्रवेश गरेका अधिकांशले छाडिसकेका छन् ।

(यो पनि पढ्नुहोस्- ०७५ सालमा नयाँशक्ति सरकारमा पुग्छ: खनाल)

माओवादीबाट नयाँशक्तिमा आएकाहरुको स्वाभाव कस्तो पाउनुभयो ?

खासमा माओवादीबाट आएका एक तहका कार्यकर्ता निकै इमान्दार पनि देखेँ । माओवादीको तलको कार्यकर्ता त राम्रा रहेछन्, वास्तवमै केही परिवर्तन हुन्छ कि भनेर लागेकाहरु । नेता र नेतृत्वको गतिविधिका कारण उनीहरु पनि विस्तारै पछि हट्न थाले । कतिपय अझै निष्कृय भएर बसेका छन् । कतिपय अर्को पार्टीमा रहँदा भूमिका नपाएकाहरुले त्यहाँ आएर हाली मुहाली चलाएका छन् ।

पार्टी छाड्नुभयो, अब के गर्नुहुन्छ ?

मैले मेरा बाँकी दिनहरु शान्त तरिकाले बिताउने निधो गरेको छु ।

रवीन्द्र मिश्रले खोलेको ‘साझा पार्टी’मा नजाने ?

म त राजनीतिमा लाग्दिनँ । रवीन्द्रजीलाई शुभेच्छा छ । तर, नेपालमा नयाँ राजनीतिक संस्कार भएको पार्टी नै चाहिन्छ । पुराना पार्टीले केही गर्दैनन् । खास गरी विभाजनकारी, गुटगत संस्कार हाम्रो राजनीतिक पार्टीहरुमा छ, त्यसबाट उहाँ बच्न सक्नुपर्छ । स्वच्छ प्रतिस्पर्धा विनाको राजनीति, पैसाको राजनीति, चरित्रहीन राजनीतिबाट मुक्त हुन नयाँ राजनीतिक संस्कारको पार्टी चाहिन्छ । तर, मैले चाहिँ राजनीति छोडेँ ।

किन ?

किनभने, मेरो बुझाइमा नेपाली समाज पूरै विकृत भइसकेको छ । तलका भोटरसमेत पैसा नभई भोट नै हाल्दैनन् । नेपालमा भोटरले पनि पैसा नभई भोट नदिने, धेरै भोटर कार्यकर्ता मात्र छन् । तल्लो तहमै गलत संस्कार हावी भइसकेकाले नयाँ संस्कार बोकेर कुनै पार्टी आयो भने पनि मतदाताले पत्याउने अवस्था मैले देखिनँ ।

राजनीतिक दलहरुमा परिवर्तन सम्भव छैन त ?

एक-दुई ठाउँमा परिवर्तन आउला तर नेपालका गाउँहरुबाट मतदाताले असल राजनीतिक संस्कार भएका दलहरुलाई अगाडि बढाउलान् भन्नेमा विश्वास लाग्न छाडेको छ । त्यसैले मेरो बाँकी जीवन शान्त तरिकाले बिताउने निधो गरेको छु ।

 

२०७३ चैत २ गते १३:४२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४१ प्रतिकृयाहरू प्राप्त
  • madan लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:०१

    कमर्चारी ले दश बनाउने भए नेता कीन चाहीन्थाे र मिश्रले पनि शहर हेरेर रहर पुरा गरुन

    33
    84
    Share

  • Rakesh Pun लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:०१

    चैते

    15
    61
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:०४

    रामेश्वर खनाल जस्ता,

    कर्मचारीतन्त्रबाट आएका योग्य मान्छे,

    राजनीतिबाट यति निरास छन् भने,

    अरुको के कुरा गर्नु र,

    तरै पनि यी र यस्तै १-२ जना योग्यहरुलाई,

    ‘राजनीति नगरी’,’चुनाब नलडी’,कुनै पनि दलले,

    बिना हस्तक्षेप यिनलाई पदमा पुर्याएर,

    काम लिन सक्नु पर्छ,

    वहाहरुबाट पक्कै जनता, निरास हुन्नन l

    172
    14
    Share

  • Kedar लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:०८

    मतदाताहरु समेत पैसामा बिक्ने गरेका NO NO NO NO

    50
    39
    Share

  • ramesh malla लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:२१

    Mr. Khanl, please come to involve in Public Society.

    50
    2
    Share

  • RAM लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:२३

    Rameshwor ji le bhane jastai people nai corrupt bhai sakeko chha npl ma

    80
    2
    Share

  • नरदेब लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:२७

    अबसर बादि

    19
    71
    Share

  • राज लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:३८

    निस्कर्षमा-ः बुढाले हरेश खाएछन् ।
    बाबुरामको पार्टि पनि सि.पि. मैनालीको पार्टी जत्तीको पनि नहोला जस्तो छ । रविन्द्र मिश्रको पार्टी कस्तो रहला केही कौतुहलता छ । सत्ताको लागि हैन समाज सुधारको लागि विकासको लागि सकारात्मक प्रकृयाको लागि कार्य गर्ने हो भने जनताको मन बदल्न सक्ला । यस्ता काम सामाजिक कार्यबाट गर्नु पर्छ । साझा पार्टीका नेता र कार्यकर्ता हरेकले pan no लिएको हुन पर्ने सम्पत्ति विवरण बुझाउन पर्ने लाभको पदमा बस्नेले प्रत्येक महिना हेरफेर भएको सम्पत्तिको विवरण सार्वजानिक गर्न पर्ने जस्ता विषय अनिबार्य रुपमा लागू गरे पार्टीका नेता कार्यकर्ता विश्वस्निय हुन्छन् । पार्टीको काम समाज सेवाबाट सुरु गरौ । सडकको धुलो बढारौ । ट्राफिक प्रहरीलाइ सहयोग गरौ । सरसफाइ गरौ । राजनीति गरे वा समाज सेवा गरे पनि जनताको भलाइकाे लागि काम गर्ने न हाे । पारिश्रमिक भएको पद किन चाहियो ।

    79
    4
    Share

  • सुरेश प्रधान लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:४३

    भोटर सबै पैसामा बिकीसके भन्दा पनि सबै जनता कुनैन कुनैदलको कार्यकर्ता बनिसके यो हुनु जनताको बाध्यता हो कुनै एक दलमा आबद्ध नभै समाजमा सुरक्षा, सहयोग र आत्मसम्मान पाउन करिब करिब असम्भव नै भयो फेरि एक दलको कर्याकर्ता बनिसकेको मानिस अर्को या नया दलमा आबद्द हुनै धेरै कुराको लेखा जोखा गर्नु पर्यो नाफा घाटाका कुरा हुनेनै भए देश बासि सग राष्ट्रियता ईमान्दारीता कर्तव्यबोध भन्ने कुरा बिस्तारै लोपहुदैछ यो पाठ नेता भनाउदालेनै पढाएका हुन त्यसैले नया दलहरुलाई सहज छैन जुनपक्षले जतिसुकै आदर्श का ढोग रचेपनि।

    53
    4
    Share

  • madhusudan pokhrel लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १४:४९

    नेपाली समाज पूरै विकृत भइसकेको छ अपरिपक्व विचार

    22
    47
    Share

  • deshman लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १५:१९

    नेपाली समाज पूरै विकृत भइसकेको छ
    tyo so bhaye mr. rameshwor khanal pani brikiti bhayeko rahecha.

    12
    25
    Share

  • मन क्षेत्री लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १५:५०

    रामेश्वर खनाल नयाँ शक्तीमा गहना बनेर गए । नयाँ शक्ती थाेरै अाकर्षकपनि देखियाे …।
    उनकाे विगतकाे उचाइबाट कार्यकर्ताहरुले अपेक्षा गरे । उनी नेता बनुन्, कार्यकर्ताले यहि चाहे । तर उनी गहनामै सिमित रहे र नयाँ शक्तीकाे कानबाट झरे ।
    उनी अाजपनि गहना हुन् । गहनाकाे जतन देशले गराेस् ।
    देश
    कांग्रेस, एमाले, माअाेवादी, नयाँशक्ती र राप्रपाहरुभन्दा माथीकाे चिज हाे ।

    58
    0
    Share

  • भगवती लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १५:५७

    पूर्व सचिब्ज्यु भोटर लाई चाई दोष नलगाएको भए हुन्थ्यो………
    तलका भोटरसमेत पैसा नभई भोट नै हाल्दैनन् । नेपालमा भोटरले पनि पैसा नभई भोट नदिने, धेरै भोटर कार्यकर्ता मात्र छन् । तल्लो तहमै गलत संस्कार हावी भइसकेकाले नयाँ संस्कार बोकेर कुनै पार्टी आयो भने पनि मतदाताले पत्याउने अवस्था मैले देखिनँ ।

    9
    16
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १६:०४

    You would have known about Baburam, his mission,vision,goal, personal + professional integrity, his India connection, his funding mechanism, his commitment, his promised and agreement with (unknown force) his past actions, Janayuddha and his role, logic behind Janayuddha and ground reality so on so forth, than why you joined Nayasakti in first place? Tell all TRUE TRUTH about the gaps that you observed, known. .

    15
    0
    Share

  • uddhab लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १६:२७

    Ekdam jayaj kura ho rajniti sachai golmal vo,desh kasari bachaune tarpha lagau.aaba rajnitik dal,jasle jati ufre pani sabi tested hun.janata ekjut hunu jaruri6.

    4
    0
    Share

  • suraj लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १६:३५

    कुरो जड के हो भने, नेपालमा प्रजातन्त्र वा गणतन्त्र काम छैन। यस्ले देशको उन्नति हुन्न। नेपाल गणतान्त्रिक मुलुक हुनको लागि लायक भइसकेको छैन। गणतन्त्रले समाजनै विकृत बनायो। जनता भेडा भए। अब तानाशाही गोठालो नै चाहियो। नत्र हुँडारहरुले लुछेर सक्ने भए देश।

    36
    4
    Share

  • Narcis लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १७:१८

    पत्यौउनै गारो। रामेश्वोर खनाल! हि.हि.हि… जनता धरी लाई छाडेनन्। भोली यो देशको माटो नै खतम। जति गरे नि दक्षिण तिरै चिप्लेर जाने। अपरिपक्कता को पराकाष्ठा। शस्त्र ले देश …😂😂😂😂😂.

    5
    5
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १७:२६

    ”’तलका भोटरसमेत पैसा नभई भोट नै हाल्दैनन् । नेपालमा भोटरले पनि पैसा नभई भोट नदिने, धेरै भोटर कार्यकर्ता मात्र छन् । तल्लो तहमै गलत संस्कार हावी भइसकेकाले नयाँ संस्कार बोकेर कुनै पार्टी आयो भने पनि मतदाताले पत्याउने अवस्था मैले देखिनँ ।”’

    yo bhanai ma ma ekdamai sahamat chhu Nepal ma dherai jasho bhotar haru laai nai aafno bhot ko mahatwa nai thaha chhaina,phlana parti le ek bottle rakshi wa bhat ta khyaayo usle k diyo ra jabo bhot ta ho hamro ke janchha bhanne haru ajhai pani dherai chhan,matdata sachet nabhae samma alat prabirti ka rajnitik dal ra neta haru chunina bata kasaile rokna sakdaina ,kuro ko churo yei ho.

    4
    0
    Share

  • Yaman Paudyal लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १७:४०

    पुर्वसचिवज्यू तपाईले आखिर कहाँ भएर के नै राम्रो काम गर्न सक्नु भएको छ ल । अर्थमन्त्रीसँग काम गर्न नसकेर मन्त्रालयबाट बेपत्ता हुनुभयो । अनि बाबुराम भट्टराई प्रधानमन्त्ती भएको समयमा आर्थिक सल्लाहाकार हुनुभयो । २०७० सालको संविधानसभाको निर्वाचन ताका नेपाली कांग्रेसमा प्रवेश गरी समानुपातिकबाट सांसद् बन्ने सपना पुरा गर्नसक्नु भएन । कांग्रेस सरकारकै समयमा चुरे संरक्षण क्षेत्रका नाममा राशनपानी हात लाग्यो । फेरी खनाल जी नयाँ शक्तिमा लाग्दै अहिले के को अवसरमा हो, कुन्नी ? अनि मतदातालाई खनाल जीले कति रकम दिनुभए कहाँ ?

    8
    7
    Share

  • दीपक थापा लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १८:२५

    रामेश्वर खनाल जि ह्वात्तै पार्टी मा हुम्मियेर स्वात्तै उपल्लो तह मा छिट्टै जाने लच्छ्य राखेर प्रबेश गर्नु भयो उहाले त्यो त्याहा पाउनु भयन किनकी पार्टी मा ग्रास लेबल बाट नै धेरै दुख गरेर आउनुपर्छ।पार्टी मा पर्बेश गरेर धैर्य अपनाउन नसक्ने चाडै बिचलन मा आउने मान्छे ले राजनीति गर्न सक्दैन।त्यसैले उहाले आफ्नो बहिर्गमन लाई आबस्यक ठान्नु भयो।

    9
    2
    Share

  • prakash dulal लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १९:०२

    पार्टी खुल्दा २०७५ सालसम्ममा सरकामा पुग्ने घोषणागरेका खनाल अहिले जनताले बाबुरामको भारत परस्त नितिलाई साथ नदिएपछि पुरै जनतालाई दोषारोपण गरिरहेका छन्, हो आफुमात्र ठिक अरु सब बेठीक, यस्तै स्वघोसीत बुद्धीजिवीहरुले देश विगारेका हुन् ।

    7
    1
    Share

  • prakash dulal लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १९:०५

    पार्टी खुल्दा २०७५ सालसम्ममा सरकामा पुग्ने घोषणागरेका खनाल अहिले जनताले बाबुरामको भारत परस्त नितिलाई साथ नदिएपछि पुरै जननतालाई दोषा रोपण गरिरहेका छन् हो आफुमात्र ठिक अरु सब बेठीक स्वघोसीत बुद्धीजिवीहरुले देश विगारेका हुन् ।

    8
    1
    Share

  • राजु लेख्नुहुन्छ    |   २०७३ चैत २ गते २०:१३

    अवसर बादी न हुने हो भने देश बन्न समय लाग्ने छैन तर जानेका बुझेका हरु नै बुझपचाउछन।

    3
    1
    Share

  • Bhairaja लेख्नुहुन्छ    |   २०७३ चैत २ गते २०:२४

    Rameshwor, whom I have never met about whom I have heard a lot comes across as an extraordinarily honest man. Nepal desperately needs his wisdom and courage. I have also been told by the voters that they would vote for money since that is the only tangible benefit they derive from Nepal’s experiment with democracy. Obviously, there is near total distrust of the politicians and the system. Corruption is endemic and has permeated every aspect of the society. There is a crying need for a complete overhaul. This is only possible if people like Rameshwor remain active and engaged. It will be a long and difficult walk but we have a promise to the nation to keep. Let us keep at it. If not future generations will wonder in disbelief the legacy we left behind…

    0
    3
    Share

  • पुरुषोत्तम लेख्नुहुन्छ    |   २०७३ चैत २ गते २०:५९

    नेपाली भोटरको मुल्याङ्कन मैले त पहिलो सम्विधान सभाको निर्वाचनमै गरिसकेको थिएँ, देशको मुल कानून बनाउने कार्यमा कानूनका ज्ञाता वकिललाइ हराएको र सार्वजनिक स्थलमा बम विस्फोट गराइ सर्वसाधारणको ज्यान लिनेलाइ विजयी गराएको देखेर, तपाइलाई यतिको धेरै समय लागेछ

    5
    2
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १:४८

    Khanal ji ko kuro sahi ho! Nepal ma Rajniti ra Karmachari tantra ati CORRUPT xa. For e.g. halai ko 33 kg gold samateko case. Arko kura, Nepal ko load sheding ko raam kahani: KP Oli ko mantri le commison khyera loadsheding gardo raheca, Oli chahi load sheding mukta garxu vandai KHOKNE! Khoi accountability?

    4
    0
    Share

  • Shakti magar लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते ४:४४

    Buda le vannu vayeka kura ma styeta Xa.desh bigarnu ma jati dosi neta xan tyeti nai janata pani dosi xan.sanskar ra janata ko jiwan star ma sudhar navaye samma yo praja tantra bachauna garo Xa.praja tantra digo banauna sarakari karma chari baliyo hunu abasyek xa.Nepal ma jati sampatti jode pani khoji khabar hudaina,jati jamin ghar vaye pani kar tirnu pardaina ani kina kamau dhanda nagarun.pahila sabai lai anusasan ma rakhna private sampatti ma tight garnu parxa sabailai kanunle badhnu parxa

    0
    0
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते ५:४४

    Reality arkai x khanal ji rajniti euta karmachariko bahasko bat hoin.nepalka buddijibi bhanauda haru ta eti chanchal swabhabka xan vane sarbasadharanko k kura.kamsekam baburam sag janu bhanda agadi kei samaya dhaire gareko vae hunthyo hatarma janu vayo hatarmai bye bbye.tapai euta asal karmachari bannu vayo hola na ki rajnitigya.

    1
    0
    Share

  • sachet लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते ८:०५

    एक-दुई ठाउँमा परिवर्तन आउला तर नेपालका गाउँहरुबाट मतदाताले असल राजनीतिक संस्कार भएका दलहरुलाई अगाडि बढाउलान् भन्नेमा विश्वास लाग्न छाडेको छ ।
    reality! 🙁

    4
    0
    Share

  • Umesh लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १०:५९

    नेपाली समाज पुरै बिकृत भैसक्यो भन्नू भन्दा नयाँ आयामको सुरुवात हुँदै छ

    2
    1
    Share

  • jhabindra pandey लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते ११:००

    Dr Khanal understood the real nepali politics.Here are cruel , undemocratic leaders. An educated person understands this. The best is to divert the mind from this dirty politics and do something great for humanity.

    2
    0
    Share

  • Chulendra Dhakal लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते ११:२४

    सकिन्छ ! राम्रो समुहमा सुझ, बुझगरेर मात्र ज्ञान बाडु ,सकिदैन शान्त पुर्बक् सोचामा बसु !प्रमाद पत्र प्राप्त गरेर ब्यबहारमा ल्याउन न चाहने भन्दा ,प्रमाद पत्र प्राप्त न् -गरेको बेश होइेन र् ?(Pramaad -Patra )Certificate

    0
    0
    Share

  • janardan dahal लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १६:०१

    Rajanitik byabasthapan nikai garo r pechilo bishaya ho / prasashanma baseko karmachari nepalkai bhaepani sarakari paisama byabasthapan bhaeko hunchh tar rajanitik partima tyo paidain / prasashanma baseko manchhelai rajanitiko bethiti le niras banaechh / Tar ma bhanchhu Da Baburan jasto yogya manchhe nepalko rajanitima ajao dinsamma chhain /

    0
    0
    Share

  • Suman raj regmi लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १८:४७

    Haamro purba sachiip jiule le balla bujnu bhaye6a nepalko politics. Nepalko harek generation nai corrupt bhaisakeko 6a yesko sudhaarko baato haamile padne education ko syllabus laai change garera moral education base ma syllabus laai laijaanu parne dekhin6a otherwise nabhaye haamro 1 class ko student ko aim nai thulo maan6e doctor engineer banne paisa kammaune bhanne sochma ma schooling bhairaako 6a tesmaathi parents yo haamro lagaani ho tesko output haamilaai chaain6a bhanne sochle usko bachha laai lagaani garirayeko 6a. Aaba bujna parne kura tapaai jasta karmachaari neta bhanaudaharu kailei haamro harek sector kasari corrupted bhayo bhanne bahas surface ma ligna saknu bhayo. Kasailaai dos diyera umkane abastha 6aina ko bekti kun post ma rayera kaam garda kati aafno pesaa parti responsible bhayera kaam garyo ya phalaane yesto dabaab diyo maile kaam garna sakina bhanera janatama aauna saknu bhayo. J bhayepani nepali samaaj ma moral value life style ka saamaanye mul bhut maanyeta haru khadekeko nai yessko laagi sabai responsible stakeholdeharule sami6ya garera raastalaai naya socka saath agaadi laijaana jaruri 6a tesko laagi tapaai jasta bigya haru le aaba ma sakdina bhannu nai haami jasto young generation ko laagi ghaat hun6a raamro kaam garnu naraamro kaamlai mediama lidinu janatale yesto bhaaraye6a bhanne ta thaa paau6a….

    0
    0
    Share

  • Hari Chaitnya लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १५:०६

    बाबूराम तथा रविंद्र मिश्र दुबै पश्चिमा लिबरल डेमोक्रेटहरुको एजेंट छन. रविंद्र मिश्रको नियुक्ति बेलायतबाट भएको छ, बाबुरामको नियुक्ति दिल्ली स्थित regional headquarter बाट भएको हो. युवराज घिमिरे र बाबुरामलाई जगेड़ामा राखेर रविंद्र मिश्रलाई अघि बढाउने योजना छ.

    2
    1
    Share

  • bhoja Bahadur Thapa लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १६:१३

    यसमा लेखेका कमेण्टहरु पढ्दै जाँदा साह्रै राम्रो बुझ्ने देखि पाटीका कार्यकर्ताको भाषा बोलेका देख्दा मलाई अतिहाँसो लाग्यो। रामेश्वर खनाललाई कमसेकम यती धेरै कुरा बाहीर ल्याइदिनु भएकोमा धन्यवाद दिन्छु । आजसम्म जतिपनि चुनाव भए सबै चुनावको रिजल्ट देखे कै छौ। जस्ले चुनाव बारे थाहा पाउनु भएको छैन अबको स्थानीय चुनाव भयो भने थाहा पाईहल्नुहुने छ। मैले थाहा पाएको केही चुनाव यस्ता थिए कि पहिलो दिन प्रतेक गाउँमा आज साँझसम्म एउटा पार्टीको बखान सुन्न सकिन्छ भोली भोट खसाल्दा विरोधी पार्टीमा खसाल्छन्। त्यो थाहा पाएपछि मैले त भोट हाल्नै छाडेको पनि धेरै भएको छ बरु यहाहरु जस्ताले नो भोटको पनि गन्ति हुने व्यवस्था तीरको कुरा उठाउनु पर्यो भन्ने मेरो पनि माग छ।

    7
    0
    Share

  • suman लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १९:०६

    rajniti sajilo chhaina talab ra ghus khako jasto. nasakne bhanera bhagne katar ko kina samajik sanjal ma published. baburam ko ulternate dekhaunus

    0
    0
    Share

  • sagar लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १४:३२

    नेपाली समाज पूरै विकृत भइसकेको छ । तलका भोटरसमेत पैसा नभई भोट नै हाल्दैनन् । नेपालमा भोटरले पनि पैसा नभई भोट नदिने, धेरै भोटर कार्यकर्ता मात्र छन् । तल्लो तहमै गलत संस्कार हावी भइसकेकाले नयाँ संस्कार बोकेर कुनै पार्टी आयो भने पनि मतदाताले पत्याउने अवस्था मैले देखिनँ । wow kya satik reality bataunu bho sir le.

    0
    0
    Share

  • shreekrishna rajbhandari लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ०:२९

    सटिक छ वार्ताको जवाफ । रविन्द्र मिश्रलाइ समर्थन जनाउनुको अर्थ केमा अाधारित छ त्यो बुझिएन । खनालजीले त्यो पार्टीमा प्रवेशगर्दाकै बखत वहांप्रति मेरो धारणा ज्यादै बिरोधाभास बनेको थियो, अहिले भने सन्तोष भएकोछु । तर दैनिकि केहि न केहि सामाजिक सेवामा अर्पण गर्न सल्लाह दिन चाहन्छु । बाकी, वहांकै इच्छा ।

    1
    0
    Share

  • Chiranjivi लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १५:०५

    बल्ल आफूले आफैलाई चिन्नुभएछ । बधाई छ । आफू दखल भएकै क्षेत्रबाट पनि देश र समाजको सेवा गर्न सकिन्छ भन्ने कुराको ज्ञान हासिल गर्न तपाईलाई यो उमेर सम्मको समय लाग्यो । तपाईले सरकारी खर्चमै अध्ययन गर्ने, संसार देख्ने घुम्ने र बुझ्ने अवसर पाउँदा त यति ढिलो बुझ्नुभयो भनें यी कुनै अवसर नपाएको सामान्यजनले कसरी बुझोस् त । सबैले बुझेका छन् भनेर अनुमान गर्नु नै तपाईको गल्ती थियो । आफूले बुझेकै क्षेत्रबाट देश र समाजलाइ अहिले भन्दा एक पाइला राम्रो बनाउन योगदान दिनुहोस् । त्यसैका लागि काम गर्नुहोस् । तपाईकै जीवनमा सबैकुरा कायापलट गर्छू भन्ने सोंच त्यागिदिनुस् । नत्र तपाइलाई फेरि पनि निराशा बाहेक केही हात लाग्ने छैन । ‘चमत्कार हुन्छ’ भन्ने कुरामा विश्वास गर्नेको गन्तव्य निराशकुण्ड नै हो ।

    1
    0
    Share

  • Krishna Lamichhane लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते ११:५८

    yes you are right….

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this