बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

अदालत बहिस्कार गर्ने महान्यायाधिवक्ता र बरिष्ठ वकिल एकाविहानै देउवा निवासमा

अनलाइनखबर

महान्यायाधिवक्ता रमण श्रेष्ठ

७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक बढुवा विवादको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलास बहिस्कार गरेका महान्यायाधिवक्ता रमण श्रेष्ठ एकविहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेको खुलेको छ । श्रेष्ठसँगै डीआईजी जयबहादुर चन्दको पक्षमा बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरु पनि त्यहाँ पुगेका थिए ।

श्रेष्ठले आइतबार प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलास बहिस्कार गरेका थिए । अन्तरिम आदेश दिने र त्यसलाई निरन्तरता दिने न्यायाधीशहरु नै राखेर पूर्ण इजलास गठन गरेकोमा उनको आपत्ति थियो ।

सोमबार सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवक्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका छन् । तर, डीआईजी चन्द पक्षीय वकिलहरुले पनि बहस गरेनन् । चन्द पक्षका वकिलहरु अनुपस्थित भएपछि माइकिङ गरेर नाम बोलाइएको थियो । तर, सुशील पन्त, प्रेमबहादुर खड्का, महादेव यादव, सतिश खरेल लगायत वरिष्ठ अधिवक्ताहरु गएनन् ।

महान्यायाधिवक्ता श्रेष्ठसँगै उनीहरु सबै कांग्रेस सभापति देउवाको निवासमा पुगेका थिए ।

श्रेष्ठले आफू बुढानीलकण्ठस्थित देउवा निवासमा गएको अनलाइनखबरसँग स्वीकार गरे । ‘सबैले सम्पर्क गर्नु स्वाभाविक हो । मुद्दाको स्थिति के हो भन्ने थियो । हामीले आफ्नो कुरा राख्यौं,’ उनले भने, ‘जसले अन्तरिम आदेश दिएको छ, उहाँहरु नै हुनुहुन्छ । त्यहाँ बढी बहस गर्न आवश्यक छैन । म आफू जान्नँ भनेँ ।’

नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष समेत रहेका प्रेमबहादुर खड्काले पनि देउवासँग भेट भएको स्वीकार गरे । देउवा आफ्नो त पार्टी सभापति समेत भएकाले भेट हुनु सामान्य भएको अधिवक्ता खड्काले बताए ।

तर, बाहिर चर्चा भएजस्तो प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्नेबारे कुनै छलफल नै नभएको महान्यायाधिवक्ता श्रेष्ठ र अधिवक्ता सिंहले बताए ।

यो पनि पढ्नुहोस् 

राप्रपाको विधानबाट राजतन्त्र र हिन्दूत्व हटाउने निर्णय सरकारकै सल्लाहमा

आईजीपी विवादमा सर्वोच्चले भोलि फैसला सुनाउने

२०७३ चैत ७ गते १६:४७ मा प्रकाशित (२०७३ चैत ८ गते ६:२७मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • Prakash Rai लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:०२

    होइट!! वकिल, कर्मचारी, ब्यपारी सबै सबै ठुला नेताको पछाडी l के हो अब हामिमा आफैले केहि गर्न सक्छु भन्ने आत्मा बल हराएको नै हो त? कतै हाम्रो मुद्दा तिनै नेताहरु संग पर्यो भने त हार-निश्चित नै रहेछ l हाम्रो महाराज धिराजहरुले “श्री पशुपति नाथ ले हामि सबैको रक्षा गरुन” भनि बक्सेको सात प्रतिसत सत्य रहे छ l

    0
    0
    Share

  • sapankumar लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:०८

    न्याय क्षेत्रका मानिसहरु यसरी देश बेच्ने दलालहरुका पछाडी लागे पछि अव के होला? सोमालिया,कंगो, सुडान,सिरिया,लिवियाको जस्तो हालत हुन समय लाग्दैन यसले तिमिहरुलाई पनि छोड्दैन चेतना भया ।

    0
    0
    Share

  • जनता लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:१०

    चरण स्पर्श गरी आशिर्वाद् लिन पुगेका होलान् ।

    बर्बराउँदै दियो होला आशिर्वाद् पनि, रमनेले बुझ्यो कि बुझेन कुन्नि ?

    नेतातन्त्र मुर्दावाद् !!!

    0
    0
    Share

  • United Nepal लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:४७

    यती धेरै कसरत देख्दा चलखेल ठुलै देखिन्छ । देउवा काँग्रेस सभापति हुनु तथा प्रधानमन्त्रि ताक्नुको एउटै उद्देश्य आफ्नो आसेपासेलाई पदमा पु¥याउनु मात्रै हो । यही प्रवृतीका कारणले तीन तीन पल्ट प्रधानमन्त्रि भइसकेर पनि केही गर्न नसकेको हुन यिनले । यिनी प्रधानमन्त्रि हुनु भनेको कागलाई बेल पाक्यो हर्ष न विर्ष जस्तै हो ।

    0
    0
    Share

  • Bikram लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:२१

    Ser Bahadur jyu le garnu gareko chhani. Kaslai k bhannu. Tara Ser Bdr sir marne bela sass jana garo hola hai bichar garnus…

    0
    0
    Share

  • ganesh लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:४०

    chor congress haru.

    0
    0
    Share

  • salin लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:२२

    nalaya k jyapu attorney. yo deshko thulo postko lagi newar ayogya chha.

    0
    0
    Share

  • sanu लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते २:४६

    Shameless people.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this