Comments Add Comment

खाडीमा रहेका नेपालीको अवस्था बुझ्न संसदीय समिति साउदी अरवमा

रियाद । सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भएको काम कारबाहीको अनुगमन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबका विभिन्न शहरहरुमा स्थलगत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

साउदी अरब लगायत मध्यपूर्वका विभिन्न देशहरुमा नेपाली कामदारहरुले अनेक समस्या झेल्दै आइरहेका छन् । दिन प्रतिदिन बढ्दै गइरहेको समस्यालाई कसरी निराकरण, न्यूनीकरण गर्न सकिन्छ भनी सांसद प्रभु शाह को नेतृत्वमा आएको भ्रमण टोलीले केहि दिनदेखि साउदी अरबका विभिन्न क्षेत्रको स्थलगत भ्रमण गर्दै यहाँ कार्यरत नेपाली श्रमीकहरुको समस्यहरुको बारेमा अध्ययन गरिरहेको छ ।

नेपाली राजदूताबाससहित उक्त टोलीले साउदी अरबमा रहेका नेपाली कामदारहरुको समस्याहरुको बारेमा र यसको समाधानको लागि साउदी अरबका श्रम मन्त्रालयका पदाधिकारीहरुसँग पनि भेटबार्ता गरेको छ । भेटवार्तामा साउदी सरकार समस्याहरुको हल गर्न सकारात्मक रहेको कार्यवाहक राजदूत आनन्द प्रसाद शर्मा बताए ।

नेपाली राजदूतावास रियादले गत २० मार्चमा राखेको परिचयात्मक अन्तरकृया कार्यक्रम श्रम समितीका सभापति प्रभु साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेपालबाट आएका समितिका सदस्यहरु प्रेम किशोर साह, अशोक कुमार मन्डल, बिनोद श्रेष्ठ, राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, राधादेबी तिमल्सिना, ललिताकुमारी रेग्मीलगायत नेपाली राजदूताबास साउदी अरबका पदाधिकारीहरु, साउदी अरबमा रहेका नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरु, ब्यबसायी, नेपाली कामदारहरुको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको बारेमा बोल्दै समितिका सभापति प्रभु साहले भने, ‘समस्याहरुको हामी वृस्तृत अध्ययन गर्दैछौं, समस्याहरु जटिल छन् । समाधानको लागि बिभिन्न पहलहरु पनि भैरहेको छ ।’ उनले थपे, ‘कसरी बैदेशिक रोजगारलाई सुरक्षित गराउने, स्वेदशमै कसरी रोजगारीको व्यवस्था गर्ने भन्ने विषयमा सरकार गम्भीर भएर लागि परेको छ ।’

नेपाली राजदूतावस रियादले यस कार्यक्रमा उठेका विभिन्न प्रश्नहरु, जिज्ञासाहरु र समस्याहरुलाई समेटेर रिर्पोटको रुपमा यस समितिलाई बुझाउने बताउदै का.बा. राजदूत आनन्द प्रसाद शर्माले यहि मार्च २९ देखि साउदी सरकारले अबैध रुपमा रहदै आएका कामदारहरुलाई दिएको आम माफीलाई सदुपयोग गर्दै अबैध रुपमा साउदी अरबमा रहेका नेपाली कामदारहरुलाई स्वदेश र्फकनको लागि सुनौलो अवसर रहेको र यस अवसरलाई नगुमाउन आग्रह गरे ।

श्रम समितिको भ्रमण टोली साउदी अरबको पूर्वी क्षेत्र दम्मामरजुवेल जने र त्यहाँको श्रमीकहरुसँगको अन्तकृया पश्चात कतार, दुबई हुँदै नेपाल र्फकने सांसद राज्य लक्ष्मी पाण्डे -श्रेष्ठ)ले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment