Comments Add Comment

आरआरमा आज स्ववियु निर्वाचनः ८ बजेदेखि मतदान

१५ चैत, काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचनमा एमालेनिक अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने बुझिएको छ ।

अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउद र क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह निर्वाचनको मैदानमा छ । त्यस्तै नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर मैदानमा उत्रिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

आरआरमा करिब तीन हजार पाँच सय भन्दा बढी मतदाता छन् ।

विभिन्न विवादका कारण आरआरमा दुई पटक स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थी संगठनको विवादका कारण त्रिभुवन विश्व विद्यालयले तोकेको मिति आर्थात् फागुन १८ गते निर्वाचन हुन सकेको थिएन । त्यसपछि निर्वाचन फागुन २३ गतेका लागि तोकिएको थियो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहीता लागू भएको भनेपछि २३ गतेको निर्वाचन पनि सरेको थियो ।

चैत २ गते सर्वोच्च अदालतले तत्काल निर्वाचन गर्न आदेश दिएपछि मंगलबारका लागि आरआरमा निर्वाचन गर्न लागिएको हो ।

यद्यपि, अझै पनि आरआरको स्ववियु निर्वाचन विवादरहित भने छैन । कतिपय विद्यार्थी संगठनहरुले निर्वाचन कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment