Comments Add Comment

एसीसी इमर्जिङ कपः नेपालले सातौं विकेट गुमायो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपमा बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल फेरि संकटमा परेको छ ।

नेपालले १३६ रन जोड्दा सातौं विकेट गुमाएको छ । महबुब आलम मात्र १० रनमा आउट भएका छन् ।

नेपालको सुुरुवात राम्रो हुन सकेन । मात्र १६ रन जोड्दा ३ विकेट गुमाएको नेपालको पारी दिलिपनाथ र दिपेन्द्रसिंह ऐरीले सम्हाले । तर, ३० औं ओभरमा चौथो विकेटका रुपमा दिलिपनाथ ४१ आउट भए, जतिबेला टिमको स्कोर १४४ रन थियो ।

त्यसपछि नेपालले लगातार विकेट गुमायो । दिपेन्द्र सिंह ऐरी ५६ रनमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले १५ रनको आँकडा कटाउन सकेका छैनन् ।

आरिफ शेख १२, शरद भेषाकवर २, सुनिल धमला १ रनमा आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment