शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

स्थानीय चुनाव खारेज नगरे देश द्वन्द्वमाः बास्तोला

सुवास पण्डित


८ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य धर्मेन्द्र वास्तोलाले सरकारले बैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचन खारेज नगरे देश द्वन्द्व र मुडभेडमा जाने चेतावनी दिएका छन् ।

नेकपा पश्चिम ताम्सालिङ् व्यूरोले चितवनको भरतपुरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले फाँसीवादी पुरानो संसदीय व्यवस्थाको संस्थागत बिकास गर्न स्थानीय तहको निर्वाचन घोषणा गरिएको आरोप लगाए ।

उनले स्थानीय तहको निर्वाचनको किन औचित्य छैन भनेर जनतालाई आफ्ना कुरा राख्न गरिएका सभाहरुमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीको निर्देशनमा प्रहरी लगाएर कुटपिट गर्ने र बिथोल्ने काम गरिएको टिप्पणी गरे ।

चितवनको भरतपुरमा बिहीबार नेकपाको आमसभालाई प्रहरीले हस्तक्षेप गरी बिथोलेको थियो ।

पत्रकार सम्मेलनमा बास्तोलाले प्रश्न गरे, ‘उनीहरुले बनाएकै संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण सभा सम्मेलन गर्न पनि नपाउने ?’

स्थानीय तहको निर्वाचन संसदवादी पुराना दलहरुका लागि जीवनमरणको बिषय भएपनि आफूहरुका लागि भने एक सामान्य परिघटना मात्रै भएको बास्तोलाको भनाई थियो ।

सबै दलहरु मिलेर राष्ट्रिय समस्याको पहिचान गरी बैज्ञानिक साम्यवादी शासन व्यवस्थामा गए मात्रै जनताको हित हुने बास्तोलाको तर्क छ ।

२०७४ वैशाख ८ गते ११:५७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • salin लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ११:३२

    ta daka ko lagi desh sandhai golmal ma rakhne ? tero swartha pura garna janta lai afno adhikar bata banchit garne ?

    28
    2
    Share

  • kashindra` लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ११:५१

    सबै दलहरु मिलेर राष्ट्रिय समस्याको पहिचान गरी बैज्ञानिक साम्यवादी शासन व्यवस्थामा गए मात्रै जनताको हित हुने बास्तोलाको तर्क छ ।

    5
    19
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ११:०१

    Since 2052 BS we have been hearing such noise and actually happening to, this country has been made by foreigners and their local agents ++ Lampasar Badi Corrupted Bureaucrats +++ political leaders and complete in chaos. I used to laugh on them but later I realized that these leader are not speaking from their mouth, they are riding India/UK’s solder and predicting such nonsense as a mouthpiece of INDIA .

    0
    0
    Share

  • Seetaram Subedi लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १२:२५

    बैज्ञानिक साम्यवादी शासन व्यवस्थामा को बारेमा खुद बस्तोलाजी लाई कती थाहा होला जान्न पाए राम्रो हुन्न्थ्यो !

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this