आइतबार, ११ असार, २०७४
OnlineKhabar.com

घुस लिएको आरोपमा चितवन मालपोतबाट तीनजना पक्राउ

अनलाइनखबर

८ बैशाख, चितवन । सेवाग्राहीबाट घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनबाट तीन जना पक्राउ परेका छन् । सेवाग्राहीसँग ६ हजार ५ सय रुपैयाँ नगद लिएको आरोपमा शुक्रवार दिउँसो प्रहरीले २ जना कर्मचारी र एकजना लेखापढी व्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार्यालयका सुव्बा मनोज निरौला, कम्प्युटर अपरेटर प्रदिप पौडेल र लेखापढी व्यवसायी फडिन्द्रराज तिवारी रहेका छन् ।

इच्छाकामना गाउँपालिका-६ का इन्द्रबहादुर गुरूङको नाममा रहेको लालपुर्जा धनमाया गरूङको नाममा नामसारी गर्ने क्रममा उनीहरूले बिहीबार घुस मागेको आरोप लगाइएको छ ।

कर्मचारीलाई छिटो काम गर्ने सर्तमा ६ हजार ५ सय रुपैयाँ घुस दिएको मोहनबहादुर गुरूङले दाबी गरे । गुरूङले कम्प्युटर टेक्निसियनलाई ५ सय र लेखनदासले नासुलाई ६ हजार रुपैयाँ दिएको बताएका छन् ।

५ सय रुपैयाँ बिहीबार नै कम्प्युटर अपरेटर प्रदिप पौडेलले फिर्ता गरेका थिए । आज फेरि ५ सय रुपैयाँ मागेपछि उनीहरुका बीचमा बिवाद भएको थियो ।

लालपूर्जा बनाउँदा २५ रुपैयाँ मात्रै तिर्नुपर्दछ ।

शुक्रवार लालपुर्जा लिन आँउदा काम नहुने भनेपछि गुरूङले प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु धिताल र सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरू माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

२०७४ वैशाख ८ गते १७:५१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१३ प्रतिकृयाहरू प्राप्त
  • Timro Dai लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १९:११

    एउटा ठुलो पोस्टर बनाएर चोक चोकमा टास्नु पर्छ महासयहरुको तस्बिर । लोभको भकारी कहिल्यै भरिन्न बाबै !

    24
    3
    Share

  • shiv लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते २१:५१

    madheshko mag pura gari ani matrai chunaw hunu par6

    2
    14
    Share

  • jhutre ji लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ८:४६

    मालपोत को घुस त कुरै नगर्नोस, कति,कसरी खान्छन् भन्ने कुरो कि त मालपोत हाकीम र कर्मचारीलाई थाहा छ कि त लेखनदासलाई थाहा छ , हालसाबिकमा नापी ले लाखौं खान्छन्, जग्गा पास, नामसारी, कित्ता काट मा कुन लेखनदास कहाँ लाने भन्ने हाकीम कर्मचारीको तजबिजी हुन्छ, अचेल सिधै हाकीम कर्मचारीले पैसा लिदै लिदैन्न्, पढे लेखेको मान्छेले आफै लेख्छु भन्यो भने एउटा जग्गा पास गर्न कम्तीमा एक महिना भन्दा बढी समय लगाई दिन्छन , कर्मचारीले सहयोग नै गर्दैनन, यो त परे पछि थाहा हुन्छ .चाबहिल मालपोतमा त मालपोत कार्यालयको भवन निर्माणमा ढिलाई गराउन हाल भाडा मा दिने घर मालिकहरु, पसलेहरु, वरपरका सबै मिलेर हाकीम र ठेकेदारलाई पैसा समेत खुवाएका छन् , अनुसन्धान गरे प्रस्ट हुन्छ, कसैले केही गर्दैन, जय होस् .

    30
    1
    Share

  • लक्ष्मी पौड्याल लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ९:२३

    अख्तियार दुरुपयोग लाई उपदेस ।
    कार्यालयमा आउदा अमेरिकी रास्ट्रपतिको सुरक्षागाडको शैलिमा आतक सिर्जना हुने गरि न आउने Democracy,कानुनी राज्य,rule of law,liberty को क ख न जान्ने कर्मचारिलाइ त्याहा राख्नु घातक छ ।
    2. डि जि र सचिव बाट मुहान सफा गर्नुस ना सु र खरिदार बाट होइन ।
    3.खाने पानी ,सडक ,सिचाइ ,बन लगायतका कार्यालय प्रमुख र लेखा सङ्ग सम्बन्धित अत्यधिक कर्मचारिहरुले कसरी बानाए काठमाण्डौमा घर ?
    4. एउटै घरमा 2 छोरा एम डि दुई बुहारी एम डि गराउने कर्मचारी पनि छन सम्भव छ ?
    5. छोरा जन्मिए इ डा बनाउन 1 कडोर छोरी जन्मिए दहेज दिन 50 लाख चाहिने कर्मचारिले देस सेवा गर्छ कि पैसा खोज्छ ?

    18
    1
    Share

  • SIMANT basnet लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ९:५०

    Hahah. K joke garya ho? Hamra manaiya neta ra pradhanmantri ley gunda pali pali tender haru haat parera janatako biswass sahit paisa xalne lae chae pakrera yasari photo sahit samachar halnus taba media ra police ko samman garne xu . Yo ta sano masino kura bhayo..

    4
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १०:२१

    Nice job, well done !!
    BUT, BUT, BUT !!! Never stop this mission after arresting these 3 only, there are 30,000 government staff are corrupted more than these three. There are 300 top political leaders are corrupted more than these. There are three lakhs businessman are not paying tax, even paid they evade more than 80% of tax, only they pay 20% tax. These businessman are evading/manipulating/under invoicing customs – ALL THEY COLLABORATE WITH GOVERNMENT STAFF.
    ARREST THEM AND HANG THEM PUBLICLY.
    Not stop only arresting 3. Arrest these three lakhs thirty three thousand three hundreds 333300 evils, and than our country will be like Singapore, Switzerland within five to ten years otherwise it will be remain Swaziland or Somalia

    6
    0
    Share

  • nbshah लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ११:४९

    Sure

    0
    0
    Share

  • बेचन शाह लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १२:४८

    यो घुस खोरहरु जति सबै लाई जागिरबाट निकाल्नु पर्ने हो।यसमा सरकारले कडा भन्दा कडा करबाही गरनुपर्छ।

    6
    0
    Share

  • Riya लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १३:३३

    Malpot ma kursi payeko ma sarai ghamanda chha teha ka manchhe le hamilai ta manchhe gandainan. Sarai dukha payeko maile pani je bho ramro bho. Aba aru sudhrelan.

    1
    0
    Share

  • जगत वुढा मगर लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १९:३१

    हाम्रो देशमा यो मालपोत,नापी र यातायात जस्ता कार्यालयमा घुस पिस नदिई सेवा ग्राहीले सर्व सुलभ सेवा सुविधा पाउने दिने कहिले देखि आउँला ….. ?

    3
    0
    Share

  • धनंजय लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते ६:४०

    होईंन तीन जाना लाई समातेर कारवाही गरेर केही हुने वाला छैन । अहिले को सेवा सुबिधा मा घुस न खाने कर्मचारी नेपाल मा हूनै सकदैन्न। दीगो समाधान खीजिनू पर्छ।

    1
    0
    Share

  • कान्छा मगर(सुबन) लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते ७:२९

    चितवन मालपोत कार्यालयमा घुस त कति हो कति।लालपुर्जाको जम्मा २५ रुपैया भन्छ तर सिधै ५० रुपैया माग्छ नत्र त्यो हप्ता भरी काम नै बन्दैन।लेखापढी व्यवसायीले १००० रुपैया नदिए खल्तीबाट कलम नै झिक्दैन।त्यसपछि काम सकिएपछि खसीको तास र रक्सी वियरले पेट भराईदिनुपर्छ।कित्ताकात गर्नुपर्यो भने कित्ताकात गर्नेलाई २००० रुपैया।नक्सा निकाल्नु परे त्यहिको कर्मचारीले यति झन्झट गर्छ कि।सिधै पैसा यत्ति लाग्छ।उफ उफ।

    2
    0
    Share

  • rishiram aryal लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते ७:४१

    malpot karyalaya ma ghus khane ra khuwaune karyama pramukh vumika khelne lekhapadhi bebasayee haru hun tesaile yo lekhapadi bebasaya banda garnu parxa ra tesko lagi karmachari kai bebastha garnu parxa ani ghus khane ra khuwaune dubai lai kada vanda kada sajaye dinu parxa

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this