Comments Add Comment

‘तीते करेली’ को स्वादमा सन्दीप क्षेत्रीले यसरी कम्मर मर्काए


काठमाडौं । स्टान्डअप कमेडियन सन्दीप क्षेत्री म्युजिक भिडियोमा देखिएका छन् । ‘तीते करेली’ बोलको गीतको भिडियोमा सन्दीपसँगै सन्ध्या भट्टराई र सुनील क्षेत्रीले अभिनय गरेका छन् ।

भिडियोमा हास्य कलाकार सन्दीपले अभिनय मात्र गरेका छैनन्, मज्जाले कम्मर मर्काएको देख्न सकिन्छ । सागर राजले निर्देशन गरेको भिडियोलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । निर्देशक राजकै शब्द र संगीत रहेको गीतमा सिर्जना थापा परियारको स्वर छ ।

चितवनमा दुई दिन लगाएर बनाइएको भिडियो अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सुनील क्षेत्रीले नृत्य निर्देशन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment