Comments Add Comment

रामेछाप कांग्रेसले पनि छान्यो उम्मेदवार

१६ बैशाख, रामेछाप । स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनको लागि रामेछाप कांग्रेसले पनि उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ । कांग्रेसले मन्थली

नगरपालिका बाहेक सबै गाउँपालिका र एक नगरपालिकाका प्रमुखहरुको टुङ्गो लगाएको हो ।

कांग्रेसले उमाकुण्ड गाउँपालिकाको प्रमुखमा हिक्मत सुनुवार र उपप्रमुखमा उर्मिला बस्नेतलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । यसैगरी गोकुलगंगाको प्रमुखमा नानिबाबु बस्नेत र उपप्रमुखमा तुलशा खड्का तथा लिखुको प्रमुखमा चन्द्र राउत र उपप्रमुखमा कल्पना खड्का उम्मेदवार भएका छन् ।

रामेछाप नगरपालिकाको मेयरमा कांग्रेसले नरबहादुर मगर र उपमेयरमा सिर्जना खड्कालाई उम्मेदवार बनाएको छ ।

सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा काँग्रेसले टुङ्गो लगाउन सकेको छैन । मन्थलीमा युवराज भट्टराई, गंगा अधिकारी, विनोद कार्की, कुमार श्रेष्ठ, ध्रुव सुवेदी, शंकर अधिकारी लगायतको दावि रहेको छ । कांग्रेसले मन्थलीमा उपप्रमुखको नाम पनि टुङ्ग्याउन सकेको छैन ।

कांग्रेसले खाँडादेवी गाउँपालिकाको प्रमुखमा वेदराज लामालाई अघि सारेको छ भने उपप्रमुख टुंगो लगाउन सकेको छैन ।

दोरम्बा गाउँपालिकाको प्र्रमुखमा मानबहादुर लामा र उपप्रमुखमा खमला थापमगरलाई उम्मेदवार बनाइएको छ ।

सुनापतिमा जितेन्द्र मोक्तान र विनिता खड्का प्रमख र उप्रमुखको उम्मेदवार भएको नेपाली कांग्रेसले जनाएको छ ।

रामेछापमा मन्थली नगरपालिका बहेक सबै ठाउँमा एमालेले पनि आफ् ना उम्मेदवारको टुङ्गो लगाइसकेको छ । मन्थलीमा भने ३ जना बढीको दाबी भएपछि पार्टी केन्द्रमा नाम सिफारिस भएको एमाले सचिव आनन्द श्रेष्ठले जनकारी दिए ।

माओवादी केन्द्रको रामेछाप नगरपालिका र केही गाउँपालिकामा उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ ।

टिकट नपाएको झोकमा पार्टी नै परित्याग

पार्टीले गरेको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका केही नेताहरुले पार्टी परित्याग गरेका छन् । यसरी पार्टी परित्याग गर्नेहरुमा जिल्ला तहका नेताहरु समेत छन् ।
पार्टी परित्याग गर्नेमा कांग्रसकी जिल्ला कमिटी सदस्य रमा दाहाल, रामेछाप नगरकमिटीका अध्यक्ष कमलबिक्रम कार्की, गोकुलगंगा गाउँपालिका नेता तेजबहादुर कार्की लगायत रहेका छन् ।

रामेछाप नगरपालिकाको उपप्रमुखको दाबी गरेकी रमा दाहाललाई पार्टीले टिकट नदिएपछि कांग्रस परित्याग गरेकी हुन् । रामेछाप नगरपालिकामा कांग्रेसले उपप्रमुखमा सिर्जना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रामेछाप नगरपालिकामा उपप्रमुखमा दाहाल र खड्का बाहेक एञ्जिला न्यौपानेको पनि दाबी थियो । कांग्रेस परित्याग गरेकी उनी माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

गोकुलगंगा गाउँपालिकामा प्रमुखको दाबी गरेका चुचुरेका तेजबहादुर कार्कीले पनि कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । त्यहाँ नानीबाबु बस्नेतलाई प्रमुखको उम्मेदवार बनाइएको छ ।

कांग्रेसको रामेछाप नगरपालिकाका नगर अध्यक्ष कमलबिक्रम कार्कीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । कार्की रामेछाप नगरपालिकाको वडाबाट टिकटको अपेक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment