Comments Add Comment

२२ बर्षीया यी युवतीले चप्पल लगाएर जितिन् ५० किलोमिटर दौड

५० किलोमिटर भन्दा बढीको दौड यसैपनि निक्कै कठिन हुन्छ, त्यसमाथि खुट्टामा चप्पलमात्रै हुन्छ भने बाटो अझै मुस्किल हुन्छ ।

तर मेक्सिकोका ताराहुमारा जनजातीकी २२ बर्षीया यी युवतीको लागि भने यो दौड उनको जिन्दगीभन्दा फरक थिएन ।

मेक्सिकोको पुएब्ला शहरमा महिलाहरुको यस प्रतिस्पर्धामा मारिया लोरेना रामिरेजका अलामा १२ देशका ५०० प्रतिस्पर्धी थिए ।

दौडमा भाग लिनका लागि उनीसँग अत्यावश्यक सामागीहरुसमेत थिएन । यतिसम्म कि मारिया जुन चप्पल लगाएर दौडिएकी थिइन् त्यो टायरको रवरबाट बनेको थियो ।

ताराहुमारा जनजातीका मानिसहरु उत्कृष्ट धावक हुन्छन् । वास्तवमा यो दौडको आयोजना २९ अपि्रलमा गरिएको थियो, तर ढिला गरी आएको मारियाको जितको खवर अहिले संसारभर फैलिरहेको छ ।

धावक जनजाती

म्याराथन धावक क्रिष्टोफर म्याकडगलले ताराहुमारा समुदायका मानिसहरुको लामो दूरी दौडिने क्षमताबारे आफ्नो किताव ‘बर्न टू रन’ मा उल्लेख गरेका थिए ।

कितावमा उल्लेख भएअनुसार ताराहुमारा जातीको वस्ती दूरदराजमा फैलिएको हुन्छ । उनीहरु छिमेकी गाउँमा पुग्न तथा शिकार वा अन्य कारोबारका लागि लामो दूरी तय गर्छन् । उनीहरु समूहमा दौडन्छन्, एकअर्काले सहयोग गरी नयाँ सदस्यलाई पनि कसरी दौडने भन्ने सिकाउँछन् ।

उनीहरु दौडनुलाई एक कलाको रुपमा लिन्छन् । दौड उनीहरुको धार्मिक समारोह, पारम्परिक खेल वा प्रतिस्पर्धाको हिस्साको रुपमा हुन्छ, जहाँ महिला, पुरुष र बालबालिका सहभागी हुन्छन् ।

उनीहरु मकैबाट बनेको धेरै कार्बोहाइडेटवाला बियर (जाँड) पिउँछन्, ताकि शरीरमा पानीको मात्रा कमी नहोस् ।

उनीहरुले घरमै तयार पारिएको चप्पलको प्रयोग गर्छन्, जसको सोल समतल हुन्छ भने माथि छालाको प्रयोग गरिएको हुन्छ ।

को हुन् मारिया ?

चप्पलका अलावा मारियाले दौडका लागि स्कर्ट र स्कार्फ लगाएकी थिइन्, उनको पोशाक अब्यवसायिक देखिन्छ । उनलाई कुनै ब्यवसायिक प्रशिक्षण पनि दिइएको छैन ।

सात घण्टा तीन मिनेटमा उनले दौड पूरा गरिन् र पुरस्कार स्वरुप उनलाई ३२० डलर अर्थात ३२ हजार रुपैयाँ दिइयो ।

समाचारका अनुसार मारिया बाख्रा तथा घरपालुवा पशु चराउँछिन् । उनी हरेक दिन १० देखि १५ किलोमिटर पैदल हिँड्छिन् ।

गत बर्ष चिहुआहुआमा आयोजना गरिएको १०० किलोटिर दौडमा मारिया दोस्रो भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment