Comments Add Comment

विदेशी चलचित्रको प्रदर्शनमा अष्ट्रेलियामा कडाई, नेपाली फिल्मको बजार गुम्ने खतरा

बिदेशी चलचित्रहरूको प्रदर्शनीमा अष्ट्रेलियन सरकारले कडाई गर्ने भएपछी त्यो मारमा नेपाली चलचित्रहरू पनि पर्ने भएका छन । अष्ट्रेलियन सरकारको बर्गिकरण बोर्डको कारण यस्तो समस्या आउन लागेको हो ।

यस कारण पनि पहिले जस्तो नेपाली चलचित्रलाई अष्ट्रेलियामा ल्याउने मामिलामा चलचित्र बितरकहरू पछि हट्न थालेका छन । अब देखि कुनै पनि सिनेमा चार शो भन्दा बढी देखाउन परेमा हरेक शोको छुट्टै शुल्क तिर्नु पर्ने हुन्छ -‘ एक त चार शो भन्दा कम देखाउँदा हाम्रो लगानी नउठ्ने र त्यो भन्दा बढी देखाउन परेमा बर्गीकरण शो तिर्नु पर्ने , अब चलचित्र देखाउन गाह्रो छ -‘ अष्ट्रेलियाका कानुन ब्यबसायी तथा चलचित्र बितरक खिलेन्द्र तिमिल्सिनाको भनाई छ । उनि भन्छन् -‘ नेपाली सिनेमालाई चर्को मूल्य तोक्ने र अष्ट्रेलिया भनेपछि निर्माताहरूले बजारै नबुझीकन मूल्य राख्ने प्रबृत्ती पनि यो अबस्था आउनुको कारक हो -‘ ।

पहिला चार शो भन्दा कम शो गर्दा सरकारलाई शुल्क तिर्नु पर्ने थिएन तर अब त्यो भन्दा बढी शो चल्दा भारी शुल्क तिर्नु पर्ने देखिन्छ -‘ अब फिल्म चलाउन गार्हो छ । लुट २ धेरै शो चल्दा हामीलाई घाटा भयो । कम रकममा फिल्म ल्याउन सकियो र कम शो चलाउन सकियो भने ठीक छ, नत्र चलचित्रका निर्माताहरूको बढी रकम माग्ने प्रबृत्तीले अब अष्ट्रेलियाको नेपाली सिनेमाको बजार गुम्ने देखिन्छ -‘ मेलवर्नका नेपाली सिनेमाका बितरक संजयकुमार शाह भन्छन् ।

अष्ट्रेलियामा चलचित्रहरूको बितरण गर्नेहरू बर्गिकरण शुल्क तिरेर चलचित्रहरूको प्रदर्शन गर्न सक्ने अबस्था आईनसकेको कुरा बताउँछन । अष्ट्रेलियन सरकारको बर्गिकरण शुल्क अनुसार १२० मिनेट देखि १८० मिनेट सम्मका चलचित्रहरूको चार शो भन्दा बढी गर्नु पर्यो भने एक शो को २,७६० अष्ट्रेलियन डलर शुल्क तिर्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment