Comments Add Comment

१२ वर्षपछि आफ्नो देश फर्किइन् ‘गाँजा क्वीन’

अष्ट्रेलियाकी शेपेल कोर्बी जब इण्डोनेसियामा पक्राउ परिन्, त्यसबेला उनको उमेर २८ वर्ष थियो । अहिले उनी ४० वर्षको भइन् र १२ वर्षपछि आफ्नो देश फर्किएकी छन् ।

गाँजाको तस्करीको आरोपमा सजाय काटिरहेकी पूर्व ब्यूटी थेरापिस्ट शेपेललाई ९ वर्ष जेल र ३ वर्ष परोल (पूरा सजाय काट्नु अघि अस्थायी रुपमा गरिने रिहा) मा रहिन् । शनिबार मात्र इण्डोनेसिया सरकारले उनलाई अष्ट्रेलियालाई बुझाएको छ ।

शेपेल बाली एयरपोर्टमा सन् २००४ मा पक्राउ परेकी थिइन् । उनको साथबाट ४ किलो भन्दा बढी गाँजा बरामद भएको थियो । २००५ मा उनलाई २० वर्षको जेल सजाय सुनाइयो ।

अष्ट्रेलियाका मानिसहरु शेपेललाई सुनाइएको जेल सजायप्रति असन्तुष्ट थिएनन् । केही मानिसहरुलाई लागेको थियो कि यो शेपेलविरुद्ध सबैभन्दा कडा फैसला हो र यसको असर अष्ट्रेलिया र इण्डोनेसियाको विदेश नीथिमा पनि परेको थियो ।

शेपेल कोर्बीले भने आफू निर्देश भएको दाबी गरिरहिन् ।

२००७ मा उनीमाथि एक डकुमेन्ट्री ‘गाँजा क्वीन’ पनि बन्यो, जसको निर्माता जेनिन हस्किन थिए । त्यही बेलादेखि शेपेललाई गाँजा क्वीन नामले चिन्न थालिन् ।

उनी २०१४ मा जेलबाट छुटिन् तर, यो अस्थायी मात्र थियो । जेलमा राम्रो व्यवहार गरेको भन्दै इण्डोनेसियाका राष्ट्रपतिले गत अपि्रलमा उनको ५ वर्ष सजाय कम गरे ।

शनिबार उनलाई बि्रसबेनलाई प्रत्यार्पित गर्ने क्रममा सयौं पुलिस परिचालन गरिएको थियो । उनकी बहिनी मर्सिडिज कोर्बी, जो इण्डोनेसियामा नै बस्छिन्, उनले शेपेललाई पत्रकार र क्यामेराबाट बचाइरहिन् । गाडीमा बसेपछि भने कोर्बीले सञ्चारकर्मीहृरुको तस्वीर खिचेर इस्टाग्राममा पोष्ट गरेकी छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment