Comments Add Comment

स्थानीय तहलाई १० करोडदेखि १२४ करोडसम्मको बजेट, ७८ करोडसम्मको ससर्त अनुदान


१५ जेठ,काठमाडौं । सरकारलेे स्थानीय तहलाई जनसंख्या, विकासको अवस्था, क्षेत्रफल र लागत समयोजनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ ।

आज ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहलाई १० करोडदेखि १ अर्ब २४ करोडसम्म निशर्त अनुदान बजेट दिने घोषणा गरे ।

अब गाउँपालिकालाई न्युनतम् १० करोडदेखि ३९ करोडसम्म बजेट दिइने भएको छ । गाउँपालिकालाई १ करेाड २० लाखदेखि १७ करोडसम्म ससर्त अनुदान पनि दिइने भएको छ ।

त्यसैगरी नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म बजेट दिइने भएको छ । नगरपालिकाले ३ करोड ९५ लाखदेखि ३१ करोड २७ लाखसम्म ससर्त अनुदान दिइने भएको छ ।

उपहमहागरपालिकालाई ४० करोड देखि ६३ लाखसम्म बजेट दिइनेछ । उपमहानगरपालिकालाई १५ करोड देखि ३१ करोडसम्मे ससर्तअनुदान उपलब्ध गराइने अर्थमन्त्री महराले जानकारी दिए ।

महानगरपालिकाले ५६ करोड देखि १ अर्ब २४ करोडसम्म बजेट दिइनेछ । महानगरपालिकालाई २८ करोडदेखि ७८ करोडसम्म ससर्त अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment