Comments Add Comment

४५ स्थानीय तहमा जित्ने गच्छदारको पार्टीको दाबी

११ असार, काठमाडौं । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले दोस्रो चरणको चुनावमा ४५ स्थानीय तह जित्ने लक्ष्य रहेको बताएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा १४ गते मतदान हुँदैछ । आज दललहरु प्रचार प्रसारमा व्यस्त छन् ।

लोकतान्त्रिकका नेता रामजनम चौधरीका अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर ५ बाट आश गरिएको छ ।

यो प्रदेशका २० वटा स्थानीय तहमा जित्ने लक्ष्य रहेको उनले सुनाए । उनका अनुसार नवलपरासीमा ४, रुपन्देही, कपिलबस्तु, दाङ र बर्दियामा ३-३ र बाँकेका २ स्थानीय तहमा जित्ने पार्टीको लक्ष्य छ ।

प्रदेश नम्बर १ मा १५ स्थानीय तहमा जित्ने लोकतान्त्रिकको दाबी छ । यो प्रदेशमा १४ जिल्ला भएपनि तीन जिल्लामका उसको राम्रो उपस्थिति छ । बिरागनगर महानगरपालिकामा एमालेसँग तालमेल गरेको छ ।

मेयरमा एमालेका विनोद ढकाललाई सघाएको उसले उपमेयरमा सूची चौधरीलाई उम्मेदवार बनाएको छ ।

सुनसरीमा ५, मोरङमा ४ र झपामा २ स्थानीय तहमा जित्ने लक्ष्य रहेको लोकतान्त्रिकका नेता चौधरीले बताए ।

यसरीगरी प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा पनि गच्छदार नेतृच्वको लोकतान्त्रिकको राम्रो उपस्थिति छ । कञ्चनपुरका ७ र कैलालीका ३ स्थानीय तहमा जित्ने लक्ष्य रहेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment