Comments Add Comment

झापाका ५ लाख बढी मतदाताका लागि परिचयपत्र वितरण जारी

१२ असार, काठमाडौं । बुधबार हुने स्थानीय तह निर्वाचनका लागि मतदातालाई परिचयपत्र वितरण गर्ने काम झापाका सबै मतदान केन्द्रहरुबाट भइरहेको छ । आइतबारदेखि सुरु भएको वितरण मंगलबारसम्म जारी रहनेछ ।

झापाको १५ वटा स्थानीय तहमा रहेका २८३ मतदान केन्ऽमार्फत मतदातालाई परिचय पत्र वितरण कार्य भइरहेका छ ।

जिल्ला निर्वाचन कार्यालय, झापाका प्रमुख गोपाल आचार्यका अनुसार दोस्रो चरणको स्थानीय निर्वाचनका लागि ५ लाख १० हजार २ सय १६ मतदातालाई परिचय पत्र वितरण गरिँदैछ ।

झापाका कुल मतदाता मध्ये २ लाख ५३ हजार ४ सय १५ पुरुष र २ लाख ५६ हजार ७ सय ९८ महिला रहेको आचार्यले जानकारी दिए ।

झापामा ३ हजार ३ सय ४० उम्मेदवार छन् भने ३ सय ९९ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment