Comments Add Comment

झापा गाउँपालिकामा तनाव, कांग्रेसले पैसा बाँडेको आरोप

एमाले-कांग्रेसका एक-एक कार्यकर्ता पक्राउ, दुई घाइते

१३ असार, झापा । झापाको दक्षिणी क्षेत्रमा रहेको पुरानो सदरमुकाम झापा गाउँपालिका मौन अवधिको समयमा तनावग्रस्त भएको छ ।

सोमबार बेलुकी ८ बजे र्इदको शुभकामना दिन भन्दै भोट माग्न कांग्रेस उम्मेदवार जयनारायण शाह निस्किएपछि एमाले-कांग्रेसबीच घम्साघम्सी भएको थियो । प्रहरी प्रशासनले त्यहाँको विवाद साम्य पारेर सबैलाई घर पठाएपछि स्थिति सामान्य बनेको थियो ।

तर, दुई जना एमाले कार्यकर्ता बिनोद तामाङ र डम्बर रार्इ घर फर्किदै गर्दा कांग्रेस समर्थकले उनीहरूमाथि कुटपिट गरेको एमालेले दाबी गरेको छ । प्रहरीका अनुसार उनीहरुको सुरुङ्गास्थित मेरी गोल्ड हस्पिटलमा उपचार भइरहेको छ ।

झडपको क्रममा प्रहरीमाथि हातपात गर्ने एमाले कार्यकर्ता श्याम दर्नाल पनि पक्राउ परेका छन् ।

पैसा बाँडेको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

यसैबीच झापा गाउँपालिकाको वडा नं. १ मा कांग्रेसमाथि पैसा बाँडेको आरोप लागेको छ । सोमबार राति ११ बजे कांग्रेस कार्यकर्ता मोहमद अलि हुसेनले मतदातालाई प्रलोभनमा पार्न रकम बाँडेको भेटिएको भन्दै एमाले, माओवादी र फोरम लोकतान्त्रिकका कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

हुसेन केही समय अघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए । अहिले झापा गाउँपालिकाको कार्यालयमा यस विषयमा सर्वदलीय बैठक बसिरहेको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको त्यस क्षेत्रमा खटिएका इन्सपेक्टर प्रकाश जबेगुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment