Comments Add Comment

धनकुटामा झरीसँगै उत्साहपूर्वक मतदान

 १४ असार, धनकुटा । बिहानदेखि परेको सिमसिमे पानीसंगै धनकुटामा उत्साहपूर्वक मतदान शुरु भएको छ ।

बिहान ७ बजे बाट धनकुटाको ७ स्थानीय तहका ११७ मतदान स्थलमा रहेका १ सय ४३ मतदान केन्द्रमा मतदान शुरु भएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

पूर्व मन्त्री एवंम राप्रपाका महामन्त्री सुनिलबहादुर थापाले पाख्रिबास नगरपालिकाबाट मतदान गरेका छन् ।

सम्पूर्ण केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान शुरु भएको धनकुटामा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए ।

७ बजेदेखि मतदान शुरु भएपनि झरीको प्रवाह नगरी मतदाताहरु ६ बजेदेखि नै मतहाल्न लाइनमा बसेका थिए ।

दोस्रो चरणको निर्वाचनबाट ३ सय १४ पदका लागि धनकुटामा १७ दलका ११ सय ८९ जनाको उम्मेदवारहरुले प्रतिष्प्रधा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment