Comments Add Comment

‘कृ’को फस्टलुकमा अनमोलको एक्सन अवतार


बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’को फस्टलुक सार्वजनिक भएको छ । नायक अनमोल केसीलाई मात्र समावेश गरेर चलचित्रको फस्टलुक तयार पारिएको छ ।

फस्टलुक सार्वजनिक गरेसँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक ३ गतेबाट देशभरका हलमा रिलिज हुने पक्का भएको छ ।

चलचित्रको फस्टलुकमा नायक अनमोल केसी लामो कपाल पालेर एक्सन अवतारमा देखिएका छन् । अनमोलले यो चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेका थिए । अनमोलको यस्तो अवतार यस अगाडिको चलचित्रमा देखिएको थिएन । नेपाली चलचित्रमा लभर ब्वाइको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने एक्सन हिरोको रुपमा उदाउने देखिएको छ ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । चलचित्रका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् ।  

सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रमा कमल गिरी कार्यकारी निर्माता छन् भने श्री पराजुली सह-निर्माताको रुपमा रहेका छन् ।
यो चलचित्रलाई ओभरसिजमा हाइलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाण्डौ बाहिर मनोज राठीको बैंक्कतेस्ट इन्टरटेन्मेन्टले वितरण गर्नेछ । काठमाण्डौमा भने सुवास इन्टरटेन्मेन्टले नै चलचित्रको वितरण गर्नेछ ।

चलचित्रको बजेट साढे २ करोड माथि रहेको निर्माता सुवास गिरीले बताएका छन् । उनले भने-‘यसपटक अनमोलका फ्यानका लागि ‘कृ’ एउटा सरप्राइज चलचित्रको रुपमा रहने पक्का छ । हामीले हरेक दृश्यमा निकै मिहिनेत गरेका छौ । जुन, पर्दामा दर्शकले देख्न पाउनुहुनेछ ।’ यो पोष्टरको डिजाइन टौवा क्रियशनले गरेको हो । टौवाको यो डिजाइनका अहिले सर्वत्र चर्चा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment