Comments Add Comment

आर्थिक समाचार: मलेसियामा लाखभन्दा बढी नेपाली गैरकानुनी


२ साउन, काठमाडौं । रोजगारीका लागि मलेशिया पुगेकामध्ये एक लाखभन्दा बढी नेपाली गैरकानुनी रुपमा बसिरहेको तथ्य फेला परेको छ । नेपाली कामदारको पछिल्लो अवस्था अध्ययन गर्न अघिल्लो साता मलेसिया पुगेको सरकारी टोलीले उक्त तथ्य फेला पारेको हो । वैदेशिक रोजगारीवाट घरपरिवारको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले मलेसिया पुगेका उनीहरु उतै गैरकानुनी हुँदा परिवार सदस्य तनावमा छन् ।

मलेसियामा लाखभन्दा बढी नेपाली गैरकानुनीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । स्मार्टफोन बोक्ने ७५ लाख नेपालीलाई पनि नागरिकले लेखेको छ । असारे विकासले बढ्यो बैंकहरुमा निक्षेपलाई पनि नागरिकले लेखेको छ ।

२०७३/७४ मा राजस्व असुली लक्ष्यभन्दा बढीलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । औद्योगिक क्षेत्रमा १८ यस बिघालाई पनि अन्नपूर्णले लेखेको छ । कुहिन थाल्यो अदुवालाई पनि अन्नपूर्णले लेखेको छ ।

सरकारी बेवास्ताले अर्थतन्त्रलाई दोहोरो मारलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । २८ वर्षपछि नयाँ औद्योगिक क्षेत्रलाई पनि अभियानले लेखेको छ ।

भुटानको जहाज भाडामा ल्याउने प्रक्रिया खारेजलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । काठमाडौका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न प्रधानमन्त्रीको निर्देशनलाई पनि नयाँ पत्रिकाले लेखेको छ । डिडिसीबाट दैनिक १ करोडको दुध खरिदलाई उल्लेख गरेको नयाँ पत्रिकाले वीरगञ्ज–पथलैया व्यापारिक मार्गको काम सुस्तलाई पनि लेखेको छ ।

प्राधिकरणको घाटा डेढ अर्व मात्रैलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै काठमाडौमा व्यवसाय गर्न महंगोलाई पनि कारोबारले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment