दिनभर अन्न वा पानी नखाई ब्रत बस्ने गरिन्छ, खासगरी साउनको सोमबार । यसदिन कसैले दिनभर पानी समेत सेवन गर्दैनन् भने, कतिले अन्न मात्र सेवन गर्दैनन् ।
व्रत बस्नुको अनेक लाभ छ । यद्यपी यसमा आफ्नो स्वास्थ्यस्थितीको भने ख्याल गर्नुपर्छ । सात्विक भोजन गरेर वा फलफूल, मीठाई मात्र सेवन गरेर पनि ब्रत बस्न सकिन्छ । यसरी ब्रत बस्नेहरुका निम्ति उपयुक्त हुनसक्छ, काजु बर्फी रेसेपी । यो सजिलै घरमा तयार गर्न सकिन्छ ।
सामग्री
– दुई कप काजु
– एक कप चिनी
– एक ठूलो चम्चा घिउ
– दुई चम्चा दुध
– आधा चम्चा सुकुमेल पाउडर
– थोरै सिल्भर वर्क सजाउनका लागि
चाश्नी बनाउनका लागि
– एउटा भाँडामा चिनी हाल्ने । त्यसमाथि पानी हालेर उमाल्ने ।
– चाश्नी तयार भएपछि त्यसलाई उतारेर राख्ने
कसरी बनाउने ?
१. काजुलाई तीन कप पानीमा ६ घण्टासम्म भिजाउनुहोस्
२. पानी निथारेर काजुलाई मिक्चरमा पिस्नुहोस्
३. एउटा कराहीमा काजुको पेस्ट र दुध हालेर भुट्नुपर्छ ।
४. चाश्नीलाई काजुको पेस्टमा हालेर राम्ररी मिलाउने ।
५ . धिमा आँचमा मिश्रणलाई गाढा हुनेगरी भुट्ने
६. घिउ र सुकुमेल पाउडर हालेर २ मिनेटजति भुट्ने
७. चुल्होबाट निकालेर थालमा फैलानुहोस्
८. जब यो सेलाउँछ, मनलाग्दो आकारमा काट्नुपर्छ । त्यसपछि यसमा सिल्भर वर्क सजाएर सर्भ गर्न सकिन्छ ।