शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

तपाई ब्रत बस्दै हुनुहुन्छ ? यस्तो छ ब्रतको प्रकार र त्यसको लाभ

अनलाइनखबर

भोजन नगर्नु वा भोकै बस्नु नै ब्रत हो ? होइन । उपवास वा व्रतको अर्थ व्यापक छ ।

खानेकुरा सेवन नगर्नु र भोकै बस्नु मात्र ब्रत एवं उपवास होइन । यो एउटा साधना हो, जसलाई विधीपूर्वक सम्पन्न गर्नुपर्छ । ब्रत एवं उपवास शरीर तथा मन शुद्ध हुनुपर्छ । ब्रतको महत्व बुझेर त्यसलाई विधीपूर्वक सम्पन्न गर्दा नै लाभ मिल्ने हो ।

४ प्रकारको ब्रत १३ प्रकारका उपवास

शास्त्रहरुमा ४ प्रकारका व्रत तथा १३ प्रकारको उपवासबारे चर्चा गरेको पाइन्छ । धेरै योगीहरुले आफ्नो तपको सुरुवात् पनि उपवासबाटै गरेको पाइन्छ ।

सामान्य अर्थमा संकल्पद्धारा गरिएको कर्मलाई नै व्रत भनिन्छ । कुनै पनि उद्देश्य प्राप्तीका लागि दिनभर अन्न वा जलको त्याग वा अन्य किसिमको भोजन वा यी सबैका त्यागलाई नै व्रत भनिन्छ । त्यसैले व्रतलाई धर्मको साधना पनि भन्ने गरिन्छ ।  त्यस्तै, उपवासको अर्थ हो, भगवानको मनमा निवास गर्नु । उपवासलाई व्रतको अंग पनि भन्ने गरिन्छ ।

ब्रत एवं उपवासको चुनौती

सबै उपवासको लक्ष्य भनेको शरीराट हानीकारक विषाक्तलाई बाहिर निकालेर शरीरलाई मजबुत बनाउनु हो । केही मानिस तप, साधना माक्ष प्राप्ती तथा सिद्धी प्राप्तीको लागि पनि उपवास बस्ने गर्छन् ।

यी सबै उपवास अलग अलग उद्देश्यका गरिन्छ र सबैको लाभ पनि फरक फरक हुने गर्छ । उपवासको महत्व बुझेरमात्र उपवास राख्नुपर्छ । विना तयारी उपवास बस्नु स्वास्थ्यका लागि हानीकारक पनि हुनसक्छ ।

ब्रत एव उपवासको लाभ

उपवास एवं ब्रतले शरीर स्वस्थ्य, निरोगी हुन्छ । मन शान्त र तनावरहित हुन्छ । कतिपय अवस्थामा यसले शरीरको रोग समेत निर्मुल पार्न सक्छ । खासमा ब्रत एवं उपवासले शरीर, मन तथा मस्तिष्कलाई स्वस्थ्य राख्न मद्दत गर्छ । निश्चित अवधीमा विधीपूर्वक गरिने उपवासले आयु बढ्छ । यसबाट शारीरिक, आध्यात्मिक र सामाजिक लाभ मिल्छ ।

व्रतको प्रकार

वेदमा तथा पुराणमा उल्लेख भए अनुसार व्रत तथा उपवासको कयौ प्रकार छन् । सुर्य तथा चन्द्रको तिथि अनुसार व्रतको कयौ प्रकार हुने गरेको पाइन्छ । यद्यपी, सबै प्रकारको व्रतलाई मुख्यत तीन भागमा विभाजन गर्न सकिन्छ, र उपवासलाई १३ प्रकारमा विभाजन गर्न सकिन्छ ।

व्रतको तीन प्रकारमा नित्य, नैमित्तिक तथा काम्य पर्दछ ।

नित्य व्रत

नित्य व्रत त्यसलाई भनिन्छ, जसमा इश्वर भक्ति तथा आचरणमा बल दिने गरिन्छ ।जस्तै, सत्य बोल्नु, नरिसाउनु , अश्लिल शब्दको प्रयोग नगर्नु, अरुको निन्दा नगर्नु, प्रतिदिन ईश्वर भक्तिको संकल्प गर्नु आदी नित्य व्रतमा पर्दछ । यसको पालना नगर्नाले मानिस दोषी मानिन्छ ।

नैमित्तिक व्रत

नैमित्तिक व्रत त्यसलाई भनिन्छ, जसमा पापबाट छुटकारा पाइने तथा दुखबाट छुटकारा पाइने विधान हुन्छ । अन्य प्रकारका निमित्तको उपस्थितिमा चन्द्रायान प्रभृति, तिथि विशेषमा यस्ता व्रत जुन गरिन्छ, त्यसलाई नैमित्तिक व्रत भन्ने गरिन्छ ।

काम्य व्रत

कुुनै कामना पुर्तिका लागि व्रत गरिन्छ भने त्यसलाई काम्य व्रत भन्ने गरिन्छ । सन्तान प्राप्ती, धन-समृद्धि प्राप्तीकालागि यदी कुनै व्रत गरिन्छ भने त्यसलाई काम्य व्रत भन्ने गरिन्छ ।

उपवासका प्रकार

प्रातः उपवास, अद्धोपवास, एकाहारोपवास, रसोपवास, फलोपवास, दुग्धोपवास, तक्रोपवास, पूर्णोपवास, साप्ताहिक उपवास, लघु उपवास, कठोर उपवास, टूटे उपवास, दीर्घ उपवास ।

१. प्रातः उपवासः यस उपवासमा सिर्फ विहानको नाश्ता गरिदैन र विहान र साझ सिर्फ दुई पटक मात्र भोजन गरिन्छ ।

२. अद्धोपवासः यस उपवासलाई साझको उपवास भन्ने गरिन्छ । यस उपवासमा दिनमा सिर्फ एक पटकमात्र भोजन गर्न सकिन्छ । यस उपवासमा रातीमा भोजन गर्न हुदैन ।

३. एकाहारोपवासः एकाहारोपवासमा एक समयमा एउटा चीजमात्र खान सकिन्छ । जस्तै, यदी विहानमा रोटी खाइन्छ भने साझमा सिर्फ तरकारी खान सकिन्छ । त्यस्त दोश्रो दिन विहान कुनै फल त बेलुकी सिर्फ दूधमात्र इत्यादी ।

४.रसोपवासः यस उपवासमा अन्न तथा फल जस्ता भारी पदार्थको सेवन गरिदैन। केवल रस भएको फलको रस तथा सागसब्जीको जुस मात्रै खान सकिन्छ । यस उपवासमा दूध पिउन समेत मनाही छ, किनकी दूधलाई ठोश आहारका पमा लिइन्छ ।

५. फलोपवासः केही दिनका लागि रसयुक्त फलफुल तथा तरकारीमात्र सेवन गर्नुलाई फलोपवास भन्ने गरिन्छ । यस उपवासमा यदी फलफुल नपाएको खण्डमा सिर्फ पाकेको तरकारी मात्र सेवन गर्न सकिन्छ ।

६. दुग्धोपवासः दुग्धोपवासलाई ‘दुग्ध कल्प’ पनि भन्ने गरिन्छ । यस उपवासमा दिनमा ४-५ पटक सिर्फ दूधमात्र सेवन गर्न सकिन्छ ।

७. तक्रोपवासः तक्रोपवासमा ‘मठाकल्प’ पनि भन्ने गरिन्छ । यस उपवासमा जुन मठा लिइन्छ, त्यसमा घ्यु तथा अमिलोपन कम हुनुपर्छ । यस उपवास कम्तीमा दुई महिनासम्म आरामले लिन सकिन्छ ।

८. पूर्णोपवासः सिर्फ पानीको अलावा अन्य कुनै पनि भोजनको सेवन नगर्नुलाई पूर्णोपवास भन्ने गरिन्छ । यस उपवासमा उपवास सम्बन्धी सबै नियम पुर्‍याउन जरुरी छ ।

९. साप्ताहिक उपवासः पूरै सातामा केवल एक पटक पूर्णोपवास नियमद्धारा उपवास गर्नुलाई साप्ताहकि उपवास भनिन्छ ।

१०. लघु उपवासः तीन दिन देखि सात दिनसम्म गरिने पूर्णोपवासलाई लघु उपवास भन्ने गरिन्छ ।

११. कठोर उपवासः जो मानिसहरुलाई भयानक रोग लागेको छ, उनीहरुका लागि कठोर उपवास निकै लाभदायक मानिन्छ । यस उपवासमा पूर्णोपवास सम्बन्धी सबै नियम कडाईका साथ लागु गरिन्छ ।

१२. टूटे उपवासः यस उपवासमा २ देखि ७ दिनसम्म पूर्णोपवास गरेपश्चात्त केही दिन हल्का प्राकृतिक भोजनमा रहेर पुनः उक्त उपवासलाई त्यति नै दिनसम्मका लागि जारी राखिन्छ । यसमा उपवास बस्ने तथा भोजन गर्ने क्रम त्यसरी नै चलिरहन्छ जबसम्मकी उपवास राख्नुको उद्देश्य पुरा हुँदैन ।

१३. दीर्घ उपवास दीर्घ उपवासमा पूर्णोपवास धेरै दिनसम्म गर्न जरुरी छ । यसमा समय निश्चित हुदैन, यो जति दिनसम्म पनि रहन सक्दछ । यसमा २१ दिनदेखि ५०-६० दिनसम्म पनि लाग्न सक्छ। यो उपवास त्यतिबेलामात्र तोडिन्छ, जतिबेला स्वभाविक रुपमा भोक लाग्न थाल्छ । वा शरीरका सम्पूर्ण विषादी पचिसकेपछि जब शरीरको सम्पूर्ण अवशेष पच्ने सम्भावना रहन्छ ।

२०७४ साउन २ गते १४:४१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this