Comments Add Comment

स्वास्थ्य परामर्श

List Grid
‘हेपाटाइटिस बीको उपचारमा कोरियन औषधीको भर नपराैं’

१२ साउन, काठमाडौं । अल्का अस्पतालले अन्तर्राष्टिय हेपाटाइटिस दिवसको अवसरमा निशुल्क हेपाटाइटिस बी जाँच गरेको छ। लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्टिक ए टु को सहकार्यमा अल्का अस्पतालले निशुल्क हेपाटाइटिस बी जाँच गरेको हो। आइतबार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निशुल्क हेपाटाइटिस बी जाँच गरिने अस्पतालले जनाएको छ। निशुल्क हेपाटाइटिस बी जाँचका साथै फ्रि स्क्रिनिङ […]

जलेका मानिस बचाउन छाला दान गरौं

छाला दान र छाला प्रत्यारोपण भन्ने कुरा अब नेपालमा नौलो कुरा रहेन । नेपालमा छालादान र छाला प्रत्यारोपणको अभ्यास स्थापित भइसकेको छ । पाँच वर्षअघि प्लास्टिक सर्जरी विशेषज्ञ शंकरमान राईको नेतृत्वमा हामीले कीर्तिपुर अस्पतालमा जलेको विरामीमा पहिलो पटक छाला प्रत्यारोपण गरेका थियौं । अहिलेसम्म १५ भन्दा बढी मानिसमा छाला प्रत्यारोपण गरिसकेका छौँ । कुनै मानिसको […]

३० काटेसी यस्तो खानपान विष समान

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३० बर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौं । हुन त यो सबैको हकमा […]

पाठेघरको क्यान्सरले बर्सेनि ५ लाखको मृत्यु, बेलैमा जाँच गरे छैन डर

सबैका घरमा आमा, दिदी–बहिनी, भाउजू –बुहारी हुन्छन् । उनीहरु निरोगी पनि देखिएका होलान् । तर, यथार्थमा उनीहरु सधैं एउटा प्राणघातक रोगको जोखिममा छन् । त्यो हो– पाठेघरको मुखको क्यान्सर । ३० देखि ६० वर्ष उमेरका हरेक महिला यो रोगको जोखिममा हुन्छन् । सानै उमेरमा विवाह भएका, धेरै बच्चा जन्माएका, धेरै जनासंग यौन सम्पर्क राखेका, लामो […]

हृदयघातले उमेर भन्दैन, यसरी गर्नुस मुटुको हिफाजत

स्वस्थ रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै पर्याप्त छैन पक्कै पनि । हाम्रो शरीरका भित्री अंगहरुको हिफाजत पनि उत्तिकै आवश्यक छ । शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम […]

जाडोमा व्यायाम गर्दै हुनुहुन्छ ? फोक्सोको ख्याल गर्नुहोस्

२६ मंसिर, काठमाडौं । के तपाई मंसिर–पुसको जाडो मौसममा एकाबिहानै घर बाहिर निस्केर शारीरिक व्यायाम गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने चिकित्सकको सुझाव छ– फोक्सोमा हुन सक्ने संक्रमणबाट बच्नुहोस् । विज्ञहरुका अनुसार जाडो मौसममा वायुमा प्रदुषणको मात्रा धेरै हुने गर्छ । अझ, काठमाडौंको धुलोका कणमा भाइरस तथा ब्याक्टेरिया पनि धेरै हुने गर्छ, जसले गर्दा […]

यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु पछि पर्छन् । त्यसो त मानिसहरुको जन्मजात स्मरण क्षमतामा खासै अन्तराल हुँदैन । करिव-करिव उस्तै हुने हो । तर, बाँच्ने क्रममा कसैले त्यसलाई तिखारेर तेज बनाउँछन् भने कसैले भुत्ते बनाउँदै लैजान्छन् । यो आफैंमा भर […]

कम उमेरमै उच्च रक्तचापको बिरामी पर्नुभयो ? के गर्ने ?

पछिल्लो समय धेरैलाई युवा अवस्थामै उच्च रक्तचापको समस्या देखिन थालेको छ । जसलाई योङ हाइपरटेन्सन भन्ने गरिन्छ । ठूलो समस्याका रुपमा देखा परेको यो रोग बोकेर अस्पताल पुगेका युवालाई चिकित्सकले वास्तविकता बताउदा पनि उनीहरुले विश्वास नगर्ने अवस्था छ । के हो योङ हाइपरटेन्सन ? यो बुझ्नका लागि हामीले रक्तचापबारे जानकारी लिन आवश्यक हुन्छ । रगत […]

जाडो मौसममा जोर्नीको दुखाईबाट बच्न अपनाउनुहोस् यी उपाय

जाडो मौसमको सुरु भइसकेको छ । जाडोसँगै हाम्रो जीवनशैली पनि परिवर्तन हुने गर्छ । जाडोमा विभिन्न खालका स्वास्थ्य समस्याहरु देखापर्ने गर्छन् त्यसैले जाडोमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । जाडो मौसममा विशेषगरि जोर्नीको दुखाईले अत्यधिक सताउँछ किनभने यो मौसममा मानिसहरु धेरै आराम गर्छन् र शारीरिक सकि्रयता कम हुन्छ । हुन् त जाडोमा बाक्लो कपडाहरु लगाएर तातो […]

तिहार र मिठाईको कुराः स्वास्थ्यका खातिर यसरी चलाखी गर्ने कि ? 

तिहार भन्नसाथ तपाईंको मुखमा पानी आउन सक्छ, सेलरोटी सम्झेर । हो त, तिहार र सेलरोटी एकअर्काको पर्याय जस्तै । जब तिहारको सम्झना हुन्छ, सेलरोटीको तलतल लाग्छ । जब सेलरोटी देख्छौं, तिहारको झल्को आउँछ । त्यसो त तिहार ‘मिठाई’को पर्व हो । जसरी दशैं मासुको पर्व हो । माघे संक्रान्ति कन्दमलुको पर्व हो । असार पन्ध्र […]

सर्वाङ्ग नग्न सुत्दा के हुन्छ ? यी हुन् सात फाइदा

हुन त अहिले जाडो बढिसकेको छ । यस्तो अवस्थामा हामीलाई न्यानो ओछ्यान चाहिन्छ । कतिपयले सुत्नुअघि लुगा परिवर्तन गर्न पनि जाँगर गर्दैनन् । यस्तो अवस्थामा नग्न भएर सुत्ने कुरा कतिलाई नपच्न सक्छ । तर, यो जाडो वा गर्मीको कुरा होइन । लुगा नलगाई सुत्दा हुने फाइदाका कुरा हुन् । तर, हाम्रा सुताईको पोजिसन एवं प्रक्रियाले […]

फ्याटी लिभर, जसले कलेजो सडाइदिन सक्छ

२४ असोज, काठमाडौं । वर्तमान समयमा मानिसको त्रुटीपूर्ण जीवनशैलीले अनेकन स्वास्थ्य समस्याहरु सिर्जित गरिरहेका छन् । जसमध्ये एक हो फ्याटी लिभर । फ्याटी लिभरको सोझो अर्थ कलेजोमा अत्यधिक बोसो थुप्रिनु हो । दुई दशकदेखि कलेजोको उपचारमा संलग्न डा. अनिलकुमार मिश्र (ए.के. मिश्र) का अनुसार कलेजोले शरीरभित्र पाँच सयभन्दा बढी काम गरिरहेको हुन्छ । तर, त्यहाँ […]

सामाजिक सञ्जालले कसरी हाम्रो खुसी लुटिरहेको छ ?

‘सबैभन्दा ठूलो अपराधी त फेसबुक हो, जेलमा राख्नुपर्ने । त्यसले धेरैको दाम्पत्य धरापमा पारिदिएको छ, धेरैलाई घर न घाटको बनाइदिएको छ । साथी हो, जब तपाईंहरु कारागारबाट बाहिर जानुहुन्छ, त्यो अपराधीबाट बाँच्नुहोला ।’ ठट्यौंली सही, स्ट्यान्ड अप कमेडियन मनोज गजुरेलले हरेक कारागारमा यसै भने । ‘कारागारमा हास्य सिविर’ लिएर पुगेका उनले सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा […]

जीवनशैली सुधार्ने कि मधुमेहलाई डाक्ने ?

३ असोज, काठमाडौं । आजकलको व्यस्त जीवनशैली तथा अस्वस्थ खानपानका कारण मानिसहरुमा मधुमेहको जोखिम बढ्दो छ । पहिले-पहिले सामान्यतया ४० वर्ष उमेर कटेका मानिसहरुलाई मात्र मधुमेह हुने गर्थ्यो । त्यसैले, चिकित्सकहरु पनि ४० वर्ष कटेकाहरुलाई मात्र यस रोगको परिक्षण गर्न सुझाव दिन्थे । तर, अहिले युवाहरु पनि बाक्लै यसको चपेटामा परिरहेका छन् । लामो समयसम्म […]

गर्भावस्थामा किन हुन्छ मानसिक समस्या ?

गर्भावस्था र प्रसूती आफैमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुजि्रनुपर्ने हुन्छ । भनिन्छ, बच्चा जन्माइसकेपछि महिलाहरुमा मानसिक समस्या देखिन्छन् । हालैको एक अध्ययनले बच्चा जन्माईसकेपछि बिश्वका २० प्रतिशत महिलामा मानसिक समस्या देखिने गरेको बताएको छ । त्यस्तै, गर्भवति भएका विश्वका ८० प्रतिशत महिला छोटो समयसम्म सामान्य मानशिक […]

दाँतमा किरा किन लाग्छ ? बालबालिकाको दाँतको सुरक्षा कसरी गर्ने ?

आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै दोब्बर छ । सहरी क्षेत्रको ७० […]

आयुर्वेद भर्सेस एलोप्याथी: कुन विश्वसनिय र प्रभावकारी हुन्छ ?

यतिबेला डा. उपेन्द्र देवकोटा जटिल रोगसँग जुधिरहेका छन् । आधुनिक चिकित्सा विज्ञानले समेत उनको रोग ‘निको नहुने’ कोटीमा राखेको छ । यो कुरा स्वमं देवकोटाले स्वीकारिसकेका छन् । डा. देवकोटा देश–विदेशमा कहलिएका न्यूरो सर्जन हुन् । चिकित्सा विज्ञानकै धरातल टेकेर ख्याति कमाएका उनी आज वैकल्पिक उपचारको क्रममा रहेको बताइन्छ । अर्थात् आयुर्वेदिक उपचार । समाचारहरुका […]

सावधान, चुम्बन गर्दा ब्याक्टेरिया उपहार पाइएला !

धेरै मान्छेलाई थाहा छैन कि चुम्बन गर्दा ब्याक्टेरियाको एउटा ठूलो समुह शरणार्थी बनेर दोस्रो व्यक्तिको मुखभित्र प्रवेश गर्छ भन्ने । तर वैज्ञानिकहरूले १० सेकेण्डको एक चुम्बनमा आठ करोड ब्याक्टेरिया एक अर्काको मुखमा ओहोर–दोहोर गर्ने तथ्य फेला पारेका छन् । यो कुनै अनुमान होइन, नेदरल्याण्डका वैज्ञानिकको एक समूहले पत्ता लगाएको तथ्य हो । वैज्ञानिकहरुको एक समूहले २१ जोडीको […]

यस्ता बानीले हुनसक्छ घुँडाको समस्या

बुढेसकालमा धेरैलाई घुँडा दुख्ने र खिइने समस्या हुने गर्छ । त्यसका विभिन्न कारण छन् । सामान्यतया हाम्रो शरीरको सबैभन्दा लामो हड्डी तिघ्रा र पिँडुलामा हुने गर्छ । यी दुवैबीचको जोर्नीलाई हामी बोलीचालीको भाषामा घुँडा भन्ने गर्छौं । माथि र तल शरीरको सबैभन्दा लामो हड्डी हुने भएकाले घुँडामा स्वतः भार पर्छ । शरीरको भार पनि घुँडामा […]

करुणा कुँवरबाट आफ्टर प्लेसम्बन्धी सुझाव

म २७ वर्षीय एक जिम्मेवार श्रीमान् हुँ । विवाह भएको दुई वर्ष भयो । सन्तान छैनन् । व्यापारी भएका नाताले केही व्यस्त छु । पैसा कमाएर मात्र सन्तान जन्माउने कुरामा हामी श्रीमान्-श्रीमती सहमत   छौं । पारिवारिक जीवन राम्रै चलिरहेको छ । यति हुँदा हुँदै पनि यौन क्रियापश्च्यात उनी सधैं रुने गर्छिन् । पहिले यो कुरा […]

बुढेसकालमा पनि यसरी लिन सकिन्छ सेक्सको मजा

म ४८ वर्षे स्वस्थ पुरुष हुँ । पाँच वर्षअघि मेरी श्रीमतीले मलाई केही नभनी अरु कसैसँग विवाह गरिन् । केही वर्षसम्म उनलाई सम्झेर मेरो जीवन बित्यो । पहिले अरु महिलाप्रति मेरो उति राम्रो दृष्टिकोण थिएन । तर, विस्तारै पुरुषको जीवनमा महिलाको अभाव खट्किँदै गयो । र, मैले पुनः वैवाहिक जीवन शुरु गर्ने निधो गरेँ । […]