बुधबार, ४ असोज, २०७४
OnlineKhabar.com

सरकारले राहतमा दिएको ट्याक्सी नम्बर बेच्दै भूकम्प पीडित ! ५ लाख तिर्नेहरु भेटिए

अनलाइनखबर


२ साउन, काठमाडौं । सरकारले भूकम्प पीडितलाई स्वरोजगारीका लागि दिएको ट्याक्सीको नम्बर प्लेट किनबेच हुन थालेको छ ।

सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो ।

अहिले ट्याक्सी दर्ता प्रक्रिया चलिरहेको छ । तर, ट्याक्सीको नम्बर प्लेट किनबेच सुरु भएको छ । काठमाडौंमा ट्याक्सीको नियमित दर्ता बन्द भएकाले भूकम्प पीडितले पाएको ट्याक्सीको नम्बरका लागि पाँच लाखसम्म खर्चिनेहरु भेटिएका छन् ।

भूकम्प पीडितलाई प्रभावित गरेर प्लेट खरिद गर्न बिचौलियाहरु पनि सक्रिय भएका छन् ।

पछिल्लो पाँच दिनमा यातायात ब्यवस्था विभाग, साना-ठूला सवारी कार्यालय एकान्तकुनामा भूकम्प पीडितले पाएको नम्बरका ८० वटा ट्याक्सी दर्ता भएका छन् ।

यसमध्ये ५० वटा ट्याक्सी भूकम्प पीडितले अर्काकै नाममा नामसारी गरिदिएका छन् । ट्याक्सी दर्ता नरोकिएपनि नामसारी नरोकिएका कारण यो सहज भएको हो ।

‘नम्बर पाएका भूकम्प पीडित स्वयंमले ट्याक्सी नल्याएसम्म दर्ता नगर्ने ब्यवस्था गरेका छौं,’ कार्यालय प्रमुख बसन्त अधिकारीले भने, ‘तर, दर्ता गर्ना साथै नामसारी हुने गरेको छ । कानुनतः ट्याक्सी नामसारी गर्न पाइने भएकाले रोक्न सकेनौं ।’

यसरी नामसारी गर्दा भूकम्पपीडितले अनौपचारिक रुपमा राम्रै रकम बुझेका छन् । तर, भूकम्प पीडितलाई स्वरोजगार बनाउने उद्देश्य भने पुरा नहुने भएको छ ।

भूकम्प पीडितका नाममा पाएको ट्याक्सी बेच्नेहरुले भने बैंकले ऋण नदिने भएकाले १६ लाख भन्दा बढी खर्चिएर ट्याक्सी किन्ने अवस्था नभएको तर्क गरेका छन् ।

काठमाडौंमा अहिले साढे ५६ सय ट्याक्सी छन्, जुन २०५७ सालमा ७५ सय हाराहारी थियो । पछिल्लो समय भाडाका ट्याक्सीको नयाँ नम्बर दर्ता पनि रोकिएको छ ।

२०७४ साउन २ गते २०:५३ मा प्रकाशित (२०७४ साउन ३ गते १०:३४मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १५:२०

    सरकारको सोचाई थियो होला,

    १५०० जनालाई भएपनि,

    दिर्घकालका लागि आय आर्जन र रोजगारीको बाटो दिउ,

    तर

    ५ लाखमै चित्त बुझाउने भूकम्पपिडित र

    अर्काको भागको चिट्ठा पनि,

    आफ्नो बनाउन खोज्ने बिचोलिया,

    कताकता मिल्दाजुल्दा देखिए l

    24
    0
    Share

  • केशब सापकोटा धनकुटेलि लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १५:४५

    यो राहत पिडितको लागि भन्दै बाडिएको हो,सहयोगलाई ब्यापारको माध्यम बनाइनु कति लज्जास्पद कुरा हो,यस्तो चलखेल देख्दा त बास्तबिक भूकम्प पिडितले नपाइ व्यापारीले राहत पाइरहेका छन् जस्तो छ

    23
    0
    Share

  • सचिन लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १६:४४

    यो हुनु कुनै अाश्चर्य होइन । यो त हुनेवाला नै थियो । सरकारको अदुरदर्षिता र राहत रकम खर्च गर्ने खेल हो ।

    1
    0
    Share

  • Arjun kumar Chaudhary लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १९:२५

    नेपालका जनता असिक्षित र लाटा छन् , तर कति धेरै बाठो रहेछन बल्ल बुझ्दै छन् सरकारले ।

    2
    0
    Share

  • sujan लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २०:३२

    ट्याक्सीको नम्बर प्लेट बेचेको पैसाले वैदेशिक रोजगारीमा जान प्लेन टिकट किन्ने होला है।।

    1
    0
    Share

  • Ram Thapa लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ११:२२

    Aba taxi darta ta garna diyo sarkar le tara bhukampale gaun ma gahr samma bhatkiyela le k gari kinne ho tetro thulo rasi kharcha garera taxi bhanne kura sochne kosle? Bank le sajilai rin dincha bhanne lageko hola sarkar lai, baru falam ko chiura chapauna sajilo hola, tesai bank ma sarbasadharan le rin paune tyo pani teti sajilo sanga ta uhi ho……..

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this