शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

निशानलाई नेपाल आईडल बनाउन बाबुले बेचे लैनो गाई

अनलाइनखबर

२ साउन, मोरङ । एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बुवाले घरको लैनो गाई समेत विक्री गरेका छन् ।

उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेका हुन् ।

उनलेे त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचार गरिरहेका छन् ।

निशान अहिले प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै गीतसंगीतप्रतिको लगाव राख्ने गरेपछि उनको प्रतिभाको सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो ।

निशानका संगीत शिक्षक विशाल राईका अनुसार सानै उमेरदेखि उनी गीतसंगीतप्रति निकै मेहनती थिए ।

भर्खरै मात्रै मिस नेपालको उपाधी जितेको उर्लाबारीका लागि नेपाल आइडल जिताउन पनि स्थानीयबासीसँगै संघसंस्थाहरु अभियानकै रुपमा लागिपरेका छन् ।

उर्लाबारीकै निकिता चन्डकले मिस नेपालको उपाधी हात पारेकी थिइन ।

निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्ऽबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन भएको छ ।

२०७४ साउन २ गते १७:५८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • Suresh लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १८:१४

    Vagge raxa vane vaihalxa rainaxa vane hudain easri gai nai bechnu parne chai hain

    17
    3
    Share

  • Tika Bandhan लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १८:५६

    उर्लावारीका कपडा व्यापारी समेत रहेका भट्टराईले छोराको सफलताका लागि लैनो गाई नै बेच्नु पर्ने अवस्था चाहिँ पक्कै होइन । निशानलाई पक्कै खाँचो छ, पूर्वेलीहरुको हौसला र भोटको ।

    33
    0
    Share

  • Tika Bandhan लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १८:५८

    उर्लावारीका पुराना कपडा व्यापारी समेत रहेका भट्टराईले छोराको सफलताका लागि लैनो गाई नै बेच्नु पर्ने अवस्था चाहिँ पक्कै होइन । निशानलाई साँच्चै खाँचो छ, पूर्वेलीहरुको हौसला र भोटको ।

    14
    1
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २०:००

    natak alik badi vo ki? hehehehe

    2
    1
    Share

  • toya लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २०:१६

    उसकाे स्वरमा निखारता छ , लैनाे गाइ बेच्नै पर्दैन बुवा ।।।

    3
    1
    Share

  • एकल यात्री (सन्जिब) लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २२:४१

    निसान टप टेन मा already परेका छन् यो भनेको गीत संगीत प्रति राम्रो पारखी भएको बेक्ती भन्ने बुझिञ्छ/. तर गाइ नै बेची हाल्न चै नपर्ने थियो बुवाले /
    उहाको संगीत मन पराउने हरुले भोट त गरिहल्नुञ्छ नी नेपाल भरिबाट anyway good luck निसान/

    0
    1
    Share

  • राज लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ०:१३

    Pracharbajiko ramro upay ho…Media….Top 10 ma pugeka madhye ahile samma….1 jhanako matrai kin prachar garnu…..k LAINO gai becher unle…Audioncko Sahanubhuti khojeka hun ra……Jasko Prativa xa…Usaile jitxa…..bekarma…kin 1 jhanako matrai Prachar garnu…..

    0
    0
    Share

  • Sudarshan लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ६:०१

    He is the good singer. No need to sell your own property … Vote for nishan Bhattarai

    0
    1
    Share

  • Raju Patel , (Chaukidanda Health Post Bhojpur) लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते १३:००

    Bhojpur Bat 500 jana le Nisan Lali Like Garchhan,

    0
    1
    Share

  • केदार बानिया लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते १४:०९

    खुबीको कदर गर्दा निशानले जित्नु पर्ने हो, तर एउटा सिम बराबर ५०० भोट दिन मिल्नुले खुबी र प्रतिभा भन्दा पनि पैसाको कुरा आउने बुझिन्छ, एक सिम बराबर एक भोट भए राम्रो हुन्थ्यो त्यसो त जो धनि प्रतियोगी छ उसले हर-तरहबाट जितीहाल्छ नि , खै र प्रतिभाको कदर ! जितको शुभकामना निशान भाई , अस्तिको तिम्रो डेन्जर जुनले खल्लो लागेको छ ….

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this