Comments Add Comment

२० वर्ष ब्रस नगरेपछि दाँतको यो हाल !

तपाईंले एक दिनमात्र पनि दाँत ब्रस गर्न भ्याउनुभएन भने त कति अप्ठेरो हुन्छ मुखमा । यदि एक दुई दिन होइन, पुरै २० वर्षसम्म दाँत ब्रस नगर्ने हो भने हालत के होला ? कल्पना गर्नुस् त ।

हामीले यस्तो मानिसका बारेमा बताउँदै छौँ, जसले पछिल्लो २० वर्षदेखि दाँत ब्रस गरेका छैनन् ।

बेलायतको एक रियालिटी शो मा प्रस्तुत भएका जे नामक युवा २१ वर्षमा लागेका छन् । उनले आफ्ना जीवनकालमा अहिलेसम्म दाँत ब्रस गरेका छैनन् । अर्थात् मुखमा दाँत पलाइसकेपछिलाई गणना गर्दा उनले २० वर्षदेखि दाँत ब्रस गरेका छैनन् ।

सरसफाइको काम गर्ने जे ले आफुलाई बाल्यकालमा कसैले पनि दाँत ब्रस गर्न नसिकाएको बताउँछन् । जसका कारण उनका दाँत खराब भए । उनका दाँत यतिधेरै खराब भएछन् की उनलाई आफ्नै दाँत हेर्न मन लाग्थेन ।

आफ्नो दाँतकै कारण जे ले आफ्ना सपनाहरु पूरा गर्न पाएनन् । उनी खेलकुद वा फिजियोथेरापीमा करिअर बनाउन चाहन्थे । तर खराब दाँतकै कारण उनले चाहेको गर्न सकेनन् ।

तर एक दन्त्य चिकित्सकले जे को जिवन बदलिदिए । डेन्टिस्ट जेम्स रसेलले उनको दाँतको सिटी स्क्यान गरे । जे का दाँत निकै नै खराब भएको पत्ता लगाए उनले । त्यसपछि दाँतको सघन उपचार सुरु गरे । बिग्रेका दाँत निकाल्ने, दाँत सफा गर्ने र खाली भएको ठाउँमा नक्कली दाँत हाल्ने गरेर उनको मुखमा टम्म सेता दाँत भरिभराउ पारिदिए ।

अहिले उनला्ई आफ्ना मोतीजस्ता सेता दाँत देख्दा आफ्नै हुन् र ? भन्नेमा पत्यार लाग्दैन । किनकी उनका दाँतको हालत यस्तो थियो की उनलाई पानी पिउन पनि गाह्रो थियो पहिले ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment