Comments Add Comment

दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी

११ साउन, डोल्पा । दुर्गमका राहत शिक्षकहरुले स्थायी र अस्थायी शिक्षक सरह दुर्गम भत्ता र पोसाक भत्ताको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

डोल्पाका विभिन्न तहमा अध्यापन गराइरहेका ६२ जना राहत शिक्षकहरुले त्रिपुरा सुन्दरी नगरपालिकामा भेला आफूहरुलाई विबेद गरिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

राहत शिक्षकहरुका गुनासा कसैले नसुनेको भन्दै उनीहरुले अब पनि राहत शिक्षकका मागहरु सम्बोधन नभए देशैभर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

‘कर्णाली अञ्चलको डोल्पा र हुम्ला ‘क’ श्रेणीका दुर्गम जिल्लामा पर्दछन्, यस्ता जिल्लामा अध्यापन गराउने राहत शिक्षकहरुलाई वास्ता गरिएको छैन ।’ मुकुटेश्वर माविका राहत शिक्षक भिम थापाले गुनासो गरे ।

डोल्पामा मात्रै प्राथामिक बिद्यालयमा १७, निमाविमा १८, माविमा १४ र उच्च माविमा १३ जना राहत शिक्षक छन् ।

राज्यले एउटै छानामुनि पढाउने शिक्षकहरुलाई बिभेद गरेको गुनासो गरेका छन् ।

स्थायी र अस्थायी शिक्षकलाई दुर्गम भत्ता र पोसाक भत्ताको व्यबस्था गरेको गर्ने तर राहत शिक्षकलाई विभेद गरेको भन्दै उनीहरुले समान ब्यबहार नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment