Comments Add Comment

फेसबुकमा अश्लिल फोटो पठाउने दुई जना पक्राउ

 

१२ साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नन्कली एकाउन्ट खोलेर अरुको ‘अश्लिल’ फोटो पठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा मोरङ, उर्लाबारी घर भई मैतिदेवी बस्ने दिनेश न्यौपाने र सितापाइला रामकोटकी रिना थापा मगर छन् ।

उनीहरुले नक्कली आईडी खोलेर बधुन्धराकी २० वर्षिया युवती र उनका परिवारका सदस्यका सदस्यलाई ‘अश्लिल’ फोटो पठाउने गरेका थिए । झण्डै एक वर्षदेखि फेसबुक म्यासेजमा ‘अश्लिल’ फोटो तथा म्यासेज पठाएर हैरान पारेका थिए ।

पीडितहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी पुगेपछि न्यौपाने र थापा पक्राउ परेका छन् । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण उनीहरुले यस्तो गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment