Comments Add Comment

कैलालीको अत्तरिया-मोहना ६ लेन सडक निर्माण सुरु

 

२ भदौ, कैलाली । अत्तरिया-मोहना १५ किलोमिटर सडकको अत्तरियादेखि मोहनातर्फका दुईवटा ठेक्का पाएको लुम्बीनी/राजेन्द्र/डाँफे र लामा/राजेन्द्र/डाँफे निर्माण कम्पनीले काम सुरु गरेको छ ।

अत्तरियादेखि मोहनासम्मको दुई खण्डको गरी ९.५ किलोमिटरको काम सुरु गरिएकोे आधीकारिक निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका निर्देशक लक्ष्मण साउँदले बताए । उनले रुख र विजुलीका पोल नभएका स्थानमा नाली निर्माणको काम सुरु गरिएको जानकारी दिए ।

अत्तरिया-मोहना सडक खण्डको वरिपरिका रुख कटानीका लागि बन मन्त्रालयले स्वीकृती दिइसके पनि रुख कटानीको काम भने सुरु भएको छैन । जिल्ला वन कार्यालय कैलालीका प्रमुख राजेन्द्र केसीले छिट्टै टेण्डर निकालेर काम सुरु गरिने बताए ।

त्यस्तै सडकको दाँयाबाँया रहेका विजुलीका पोलहरु हटाउने काम पनि हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणलाई छिटो इष्टिमेट गरिदिन आग्रह गरिएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले जानकारी दिए । उनले विद्युतका पोल हटाउने कामको भुक्तानी पनि सडक योजनाले गर्नुपर्ने भएकाले छिटो पोल हटाइदिन आग्रह गरिएको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण धनगढी शाखाका प्रमुख सत्यनारायण महतोले सडकका दुवै किनारका रुखहरु कटान गरी सडक कहाँसम्म विस्तार गर्ने हो त्यसको मार्किङ्ग गरेपछि मात्रै विद्युत पोल विस्तार गरिने बताए ।

सडकको चौडाई नाली र फुटपात सहित ५० मिटरको निर्माण हुने बताइएको छ । तर केहि स्थानीयवासीले सडकको चौडाई बढी भएको र आफ्नो उठीवास हुने भन्दै विरोध जनाएपनि सडक निर्माणको काम मापदण्ड अनुसार नै हुने धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले बताए ।

अत्तरीया-मोहना छ लेनको सडकका लागि अत्तरियादेखि मोहनासम्मको ९.५ किलोमिटर सडकको १ अर्ब १० करोड ४७ लाखमा लुम्बीनी/राजेन्द्र/डाँफे ठेक्का पाएको छ भने बाँकी मोहनाको जिरो प्वाइन्ट सम्म नागार्जुज निर्माण कम्पनीले ५१ करोड ७० लाखमा सडक निर्माणको ठेक्का पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment