Comments Add Comment

माघभित्र गण्डक नहरको साइफन सरसफाई गर्ने सहमति

२ भदौ, नवलपरासी। नेपाल र भारतका अधिकारीबीच गण्डक नहरको साइफन माघ महिना भित्र सरसफाई गर्ने सहमति भएको छ ।

आज भारतीय अधिकारी र नेपाली अधिकारीबीच भएको छलफल पछि गण्डक नहरको साइफन माघ महिनाभित्र गर्ने सहमति भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए

त्यस्तै नहरका कारण डुबानमा परेर भएको क्षतिपूर्तिका लागि ७ दिन भित्र माथिल्लो निकायमा सिफारिस गर्ने पनि सहमति भएको छ ।

रानाले अहिले जमेको पानीको निकासको लागि भने कुनै सहमति नभएको बताए। गण्डक नहरका कारण नहरको उत्तरतर्फका जमिन विगत एक सातादेखि डुबानमा परेको छ ।

लगातारको वर्षाले जलमग्न भएको क्षेत्र पानीको निकास नहुंदा अझै डुबानमा परेको हो । स्थानीय युवराज डुम्रेले सुस्ता गाउंपालिकाका एक हजार विघा खेतीयोग्य जमिन जमिन डुबानमा परेको छ ।

आकाशबाट आउने पानी रोकिए पनि जमिनको पानीले निकास नपाउँदा समस्या भएको हो । पूरै धान खेती डुबेको र धान खेती मर्ने अवस्थामा पुगेको छ । स्थानीयले खेतको पानी निकास दिने माग गरेका छन् ।

गण्डक नहरमा निर्माण गरिएका साइफन नखोलिंदा डुबानमा परेको स्थानीयले बताए । हिजो सुस्ताबासी गाउमा जम्मा भएको पानीको निकास दिन भन्दै स्थानीय फलामे पुल नजिकै गण्डक नहरको बाँध भत्काउन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment