Comments Add Comment

ध्यानः किन, कसले र कसरी बस्ने ? यसरी तन र मनको शुद्धिकरण हुन्छ


ध्यान एवं मेडिटेशन गर्ने भन्नसाथ अहिलेका पुस्ताले आडम्बरसँग जोडेर हेर्ने गर्छन् । उनीहरुको बुझाईमा यो ‘धार्मिक क्रिया’ हो, जसको कुनै वैज्ञानिक तर्क छैन ।

यो बुझाई एकदमै गलत हो । ध्यान एवं मेडिटेशन शरीर विज्ञानसँग जोडिएको विषय हो । यो विज्ञानसम्मत छ । खासमा मन र शरीर शुद्धिकरण गर्ने सर्बोत्तम माध्याम हो यो । ध्यान बस्नु भनेको कुनै कुरामा केन्दि्रत हुनु होइन । बरु, बिचारशून्य अवस्थामा रहनु हो । यो आफैमा जटिल अभ्यास हो । यद्यपी निरन्तरको अभ्यासले ध्यान एवं मेडिटेशनको लाभ लिन सकिन्छ ।

– तनावमुक्त रहने सर्बोत्तम माध्याम हो ध्यान ।

– यो विज्ञानसम्मत विधी हो, जसले मन र शरीरको शुद्धिकरण गर्छ ।

– यसले मनलाई स्थिर, शान्त, संयमित राख्छ ।

– ध्यानले शारीरिक तथा मानसिक विकार हटाउँछ ।

– स्मरण क्षमता बढाउँछ ।

– आवेग, क्रोध, बेचैनी, भय जस्तो विकार हटाउँछ ।

– शरीरमा आन्तरिक शक्ति विकास गर्छ ।

– मस्तिष्क र शरीरमा नयाँ उर्जा मिल्छ ।

– उच्च रक्तचाप, अल्जाइमर, मधुमेह, टाउको दुखाई जस्ता शारीरिक रोगहरु नियन्त्रण गर्छ ।

– प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

– एक्लोपन, निरासा, चिन्ताबाट मुक्त गराउँछ ।

ध्यानको स्वरुप

ध्यानको मूल अर्थ जागरुकता, चेतना, होस, साक्षीभाव र दृष्टा भाव हो । यो योगको आठौं अंग हो । हाम्रो मनमा एकसाथ असंख्य कल्पना र विचार पैदा हुन्छ । यसले मन-मस्तिष्कलाई कोलाहल मच्याइरहेको हुन्छ । यहि कारण हामीलाई अनेकौ मानसिक समस्या हुन्छ । त्यही मानसिक समस्याले शारीरिक दुर्बलता, कमजोरी निम्त्याउँछ । शरीरलाई रोगग्रस्त बनाउँछ ।

ध्यानले अनावश्यक कल्पना वा विचारलाई मनबाट हटाएर शुद्ध र निर्मल मौनमा रहनु हो । जति जति ध्यानमा गहिरिदै जान्छ, उत्तिनै व्यक्तिको भाव, कल्पना, विचारले कोलाहल मच्याउँदैन । मन र मस्तिष्कलाई मौन अवस्थामा राख्नु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना र अतितको सुखदुखमा जिउनु ध्यान विरुद्ध हो ।

के हुन्छ ध्यान बस्दा ?

ध्यान मुद्रा वा ध्यानको अवस्थामा बस्दा मन शान्त, स्थिर र तनावरहित हुन्छ । अहिले तनावमुक्त रहनका लागि पनि यो विधी अपनाइने गरिएको छ । यो आध्यात्मिक एवं वैज्ञानिक पद्धती हो । ध्यानमा इन्दि्रय मनको साथ, मन बुद्धिको साथ र बुद्धि आफ्नो स्वरुप आत्मामा लीन हुन थाल्छ ।
ध्यान त्यही विधा हो, जसद्वारा हामी आफ्नो मन, मस्तिष्क, इन्दि्रयलाई नियन्त्रणमा राख्न सक्छौ । यो परम आनन्दको द्वार अर्थात ढोका हो, जसले भौतिक मोह, रिस, आवेग, तनावलाई निर्मूल गर्छ ।

रजनीसले भनेका छन्, ‘शरीरको आन्तरिक जागरण ध्यान हो । सधै निर्विचारको अवस्थामा रहनु नै ध्यान हो ।’

कसरी बस्ने ध्यान ?

भनिन्छ, ध्यान हाम्रो स्वभाव हो, जसरी हामी रुन्छौ, हाँस्छौ । त्यसैले यसको अभ्यास आफैमा कठिन भएपनि असम्भव भने छैन । निरन्तर र नियमपूर्वक अभ्यासले हामी ध्यानको अवस्थामा रहन सक्छौ ।

ध्यान कुनै कठिन व्यायाम होइन । यो जटिल आसन पनि होइन । पद्मासनमा वा अर्धपद्मासनमा बसेर गरिने साधरण क्रिया हो । तर, यसका लागि आफुले आफैलाई संयमित राख्न सक्नुपर्छ ।

१. ध्यान गर्नका लागि एकदमै शान्त, स्वच्छ वातावरण आवश्यक हुन्छ ।

२. बिहानको समय सर्वोत्तम हुन्छ, जतिबेला वायुमण्डलमा स्वच्छ हावा चलिरहेको हुन्छ ।

३. शान्त स्थानमा पद्मासन एवं अर्ध पद्मासनमा बस्नुपर्छ । आँखा बन्द गर्नुपर्छ ।

४. अब हामीले आफ्नो सम्पूर्ण ध्यान आफ्नो स्वासप्रश्वासमा केन्दि्रत गर्ने ।

५. शुरुमा मन यताउता भड्कन सक्छ, तर संयमित भएर यहि अभ्यास गरिरहने ।

६. यसरी श्वासप्रश्वासमा ध्यान केन्दि्रत गर्ने अभ्याससँगै विस्तारै ध्यानको गहिराइमा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment