Comments Add Comment

टीका पुन ‘उत्कृष्ट तीज गायिका’, कोमल वलीलाइ जुरी अवार्ड


‘छायाछवि’ले आयोजना गरेको चौथो ‘तीज म्यूजिक अवार्ड’मा गायिका टिका पुनले ‘उत्कृष्ट तीज गायिका’को विधामा अवार्ड जितेकी छिन् । गायिका पुनको ‘यूकेको सारी’ बोलको गीतले अवार्ड जितेको हो । यस्तै, उत्कृष्ट तीज गीतको अवार्ड भने पूर्णकला बीसीले चुम्न सफल भइन् ।

तीज म्यूजिक अवार्डको अवसर पारेर वरिष्ठ गायिका एवं संकलक चन्द्रकला शाहलाई ‘छायाछवि तीज संगीत स्रष्टा सम्मान २०७४’ बाट सम्मानित गरियो । शाहलाई ११ हजार १ सय ११ रुपैयाँको नगद राशिसहित सम्मान गरिएको थियो । त्यस्तै पत्रकार गीत अधिकारीलाई ‘छायाछवि रंग पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको थियो । उनलाई ५ हजार ५ सय ५५ राशिसहित सम्मान प्रदान गरिएको थियो । कुन विधामा कुन गीत र श्रष्टाले अवार्ड जिते, हामीले यहाँ प्रस्तुत गरेका छौः

सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ: श्यामश्वेत रसाइली (माइती र चेली)
सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेन्जर: कमल सौराग (लाज किन हो)
सर्वोत्कृष्ट तीज दोहोरी नवगायक: हरि गिरी विमर्शी (स्वामी राजै)
सर्वोत्कृष्ट तीज दोहोरी नवगायिका: स्मृति तिमिल्सिना (दिदीभाइ)
सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द: कस्तुप पन्त (हे शिव भगवान)
सर्वोत्कृष्ट तीज दोहोरी गीत लय: राजेन्द्र कँडेल (बजाइदेउ मादलु)
सर्वोत्कृष्ट तीज दोहोरी गायक: रवि थापामगर (माइती र चेली)
सर्वोत्कृष्ट तीज दोहोरी गायिका: सुनिता गुरुङ (हङकङको चुरा)
सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी: हमाल म्यूजिक प्रा.लि. (स्वामी राजै)
सर्वोत्कष्ट तीज दोहोरी गीत: मन्जु पौडेल (मेरा झर्के बुढा)
सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष: सन्दिप न्यौपाने (नाच्नमा एक नम्बर)
सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला: दीपाशा बिसी (मैना चरी)
सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादन: विष्णु शर्मा (म त नाच्दिन केरे)
सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार: करण चैंसिर (आउँछ तिज)
सर्वोत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक: विक्रम चौहान (माइतीघर)
सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक: प्रकाश भट्ट (माइती र चेली)
सर्वोत्कृष्ट तीज युगल गीत: लक्ष्मी न्यौपाने र शारदा बस्याल (झल्को माइती )
सर्वोत्कृष्ट तीज गीत मिक्सिङ: सञ्जय श्रीपाल (नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत एरेन्जर: विनोद बाजुराली (माइतीघर)
सर्वोत्कृष्ट तीज गीत नवगायिका: धनमाया राना (आँगनीको डिलैमा)
सर्वोत्कृष्ट तीज गीत शब्द: हरि विष्ट (नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत लय: हरि बिष्ट (नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत गायिका: टीका पुन (युकेको सारी)
सर्वोत्कृष्ट तीज गीत कम्पनी: आशिष म्यूजिक प्रा.लि. (माइतीघर)
सर्वोत्कृष्ट तीज मौलिक तिज गीत: पूर्णकला बिसी (माइतीघर)
जुरी अवार्ड: कोमल वली र प्रज्ञा शरद (म त नाच्दिन के रे)
इन्करेजमेन्ट अवार्ड: मधु क्षेत्री (पातै फरर)
इन्करेजमेनट अवार्ड: एलिना खनाल (दाजु बहिनी
पपुलर अवार्ड: रञ्जिता गुरुङ (मेरै खुट्टाले
पब्लिक च्वाइस अवार्ड: स्वरुपा रसाइली (मिठो बोली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment