Comments Add Comment

अखिल क्रान्तिकारीको २१औं सम्मेलनको तयारी पूरा

फाइल तस्वीर

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को भोलिदेखि सुरु हुने २१औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

अखिल क्रान्तिकारीले बिज्ञप्ति जारी गरी बुधबार प्रदर्शनी केन्द्रमा माओवादी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने जानकारी दिएको छ । क्रान्तिकारीले यसलाई एकताको सम्मेलन भनेको छ ।

सम्मेलनमा देशभरका भौगोलिक र गैरभौगोलिक गरी ८७ जिल्ला स्तरका कमिटीबाट तथा आयोजकसमेत गरी २ हजार ७६ जनाको सहभागिता रहने क्रान्तिकारीले जनाएको छ ।

सम्मेलनबाटै क्रान्तिकारीको आगामी नेतृत्वका लागि निर्वाचनसमेत हुनेछ । सम्मेलनबाट ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन् ।

आन्तरिक प्रतिस्पर्धा भएकाले तुल, ब्यानर लगायतका निर्वाचन प्रचारका सामाग्री प्रयोग नगर्नै क्रान्तिकारीले आचारसंहितामार्फत कार्यकर्तालाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment